मोदीले असममा शिलान्यास गरेको कारखानाबाट यी राज्यहरूले पनि युरिया पाउने

PM at the occasion of Bhoomi Poojan of Urea Plant of Assam Valley Fertilizer and Chemical Company Ltd. at Namrup, in Assam on December 21, 2025.

नामरूप: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार असमको डिब्रुगढ जिल्लामा १०,६०१ करोड रुपैयाँको लागतमा निर्माण हुने ‘ब्राउनफिल्ड अमोनिया–युरिया कारखाना’को शिलान्यास गर्नुभयो। असम भ्याली फर्टिलाइजर एन्ड केमिकल कम्पनी लिमिटेड (एभीएफसीसीएल ) को वार्षिक युरिया उत्पादन क्षमता १२.७ लाख मेट्रिक टन हुनेछ र सन् २०३० देखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।
मोदीले आफ्नो दुई दिने असम भ्रमणको अन्तिम दिन ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कर्पोरेसन लिमिटेड (बीभीएफसीएल ) को विद्यमान परिसरमा उक्त कारखानाको शिलान्यास गर्नुभयो। यस वर्ष जुलाई महिनामा डिब्रुगढ जिल्लाको नामरूपमा एभीएफसीसीएल दर्ता गरिएको थियो। केन्द्रिय मन्त्रिपरिषद्ले यो परियोजनालाई यसै वर्ष मार्च महिनामा स्वीकृति दिएको थियो।
वार्षिक युरिया उत्पादन क्षमता १२.७ लाख मेट्रिक टन~
एभीएफसीसीएल असम सरकार, आयल इन्डिया, नेशनल फर्टिलाइजर्स लिमिटेड (एनएफएल), हिन्दुस्तान उर्वरक एन्ड केमिकल्स लिमिटेड (एचयुसीएल) तथा बीभीएफसीएल को संयुक्त उपक्रम हो। मोदी शनिबार दुई दिने भ्रमणका लागि असम पुग्नुभएको थियो। यस क्रममा उहाँले आगामी वर्ष हुने विधानसभा निर्वाचनअघि १५,६०० करोड रुपैयाँका विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, एभीएफसीसीएल नामरूप अमोनिया–युरिया कारखानालाई आधुनिक, कम ऊर्जा खपत हुने, विश्वस्तरीय मल उत्पादन केन्द्रका रूपमा विकास गरिँदैछ, जसको वार्षिक युरिया उत्पादन क्षमता १२.७ लाख मेट्रिक टन हुनेछ। यस परियोजनामा अनुमानित लगानी १०,६०१ करोड रुपैयाँ रहेको छ।”
कम्पनीले थप जनाएको छ कि यस कारखानाले असम, सम्पूर्ण उत्तर–पूर्वी क्षेत्र, पश्चिम बंगाल, बिहार, झारखण्ड तथा पूर्वी उत्तर प्रदेशका मल आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
कारखानाबाट हजारौंलाई रोजगारी~ एभीएफसीसीएलले भन्यो, “मल सुरक्षाका साथै यो कारखाना औद्योगिक विकास, रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासका लागि एक प्रमुख उत्प्रेरकको रूपमा काम गर्नेछ। यसबाट सयौं प्रत्यक्ष रोजगारी र हजारौं अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुनेछन्।”
‘भूमि पूजन’ समारोहमा असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री हिमन्त विश्व शर्मा, अन्य मन्त्रीहरू, सांसदहरू, विधायकहरू तथा वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। राज्यद्वारा सञ्चालित बीभीएफसीएल पूर्वी भारतको एकमात्र युरिया उत्पादन गर्ने इकाइ हो, जसले सन् १९६९ जनवरीदेखि उत्पादन शुरु गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement