भक्तिनगरमा एसओजी र पुलिसको छापामा चार तस्कर पक्राउ, ठूलो मात्रामा लागूऔषध जफत

5bee9bad-0fe0-421a-8e59-77ef39958c4c706988-jail

सिलगाढी: भक्तिनगर थाना पुलिस र स्पेशल अपरेशन ग्रुप (एसओजी) ले शालुगढ़ा फोर लेन फ्लाइओवर मुनि शनिबार अबेर राति सञ्चालन गरेको अभियानमा चार जना तस्करलाई पक्राउ गरेको छ। उनीहरूमासँग २० किलो सादा पाउडर, ८२० ग्राम ब्राउन शुगर, एसिड र विभिन्न लिक्विड बोतलहरू जफत गरिएको छ।
पक्राउ परेका तस्करहरू जलपाइगढ़ी निवासी अजीत राय (२४), मालदा निवासी सईदुल शेख (४८), बिहार निवासी विनय कुमार (२२) र तसरूद्दिन (२५) रहेको बताइएको छ। जफत गरिएको लागूऔषधको बजार मूल्य लगभग एक करोड रुपैयाँ आकलन गरिएको छ। भक्तिनगर थाना प्रहरीले अग्रिम कारबाही शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement