सांसद राजु विष्टद्वारा चाल्सामा सडक परियोजनाको विस्तृत निरीक्षण

FB_IMG_1766328350511

जलढका: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले ७६४ बोर्डर रोड्स टास्क फोर्स (बीआरटीएफ) अन्तर्गत कार्यान्वयन भइरहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण ३५ किलोमिटर लामो चाल्सा–जलढाका बिन्दु ब्यारेज सडक परियोजनाको विस्तृत निरीक्षण गरेको कुरा आफ्नो सामाजिक संजाल मार्फत जनाएका छन्।
उक्त परियोजना चार चरणमा कार्यान्वयन भइरहेको कुरा उनले आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन्।
चरण–१: खुनीयामोरेदेखि कुमानीमोरेसम्म (११.८६ कि.मि.) – सफलतापूर्वक सम्पन्न
चरण–२: कुमानीमोरेदेखि गैरिबाससम्म (९ कि.मि.) – सम्पन्न भई ७ डिसेम्बर २०२५ मा उद्घाटन गरिएको
वन विभागको स्वीकृतिको प्रतीक्षामा रहेका चरणहरूः
चरण–३: गैरिबासदेखि पारेनसम्म (६ कि.मि.)
चरण–४: पारेनदेखि बिन्दु ब्यारेजसम्म (८ कि.मि.)
साथै सांसद विष्टले यस महत्वपूर्ण पूर्वाधार परियोजनाका लागि केन्द्र सरकारले २०० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जनाए। उनले भने यसले दुर्गम सीमावर्ती क्षेत्रहरूलाई राष्ट्रिय राजमार्ग सञ्जालसँग जोड्दै आवागमन सहज बनाउने, सुरक्षा तयारी सुदृढ गर्ने तथा क्षेत्रको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।
अन्तमा सांसदले सीमावर्ती क्षेत्रहरूमा उच्च गुणस्तरका, फराकिला र दिगो सडकहरूको विकासलाई सर्वोच्च प्राथमिकता प्रदान गर्नुभएकोमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू तथा माननीय रक्षा मन्त्री श्री राजनाथ सिंहज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement