कालिम्पोङ: समुद्र सतहबाट करिब ५००० फिट उचाइमा रहेको कालिम्पोङमा दार्जिलिङ लोकसभा क्षेत्रभरिका युवाहरूले “सांसद खेल महोत्सव, २०२५ – हकी प्रतियोगिता” मा सहभागिता जनाएका छन्।
यसैक्रममा आज दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले सामाजिक संजाल मार्फत जनाएका छन् कि दार्जिलिङ लोकसभा क्षेत्रको खेलकुद संस्कृतिमा हकी समावेश भएको, थोरै निर्वाचन क्षेत्रहरूमध्ये एक हो।

सांसदले पूर्व भारतीय हकी कप्तान तथा ओलम्पियन श्री भारत छेत्री को योगदानका लागि विशेष धन्यवाद टक्राउँदै भने, श्री छेत्रीले दार्जिलिङका पहाडी क्षेत्र, तराई र डुवर्स क्षेत्रका हकी प्रतिभाहरूलाई निरन्तर मार्गदर्शन र प्रशिक्षण दिँदै आउनुभएको छ।
साथै विष्टले अघि बताए “सांसद खेल महोत्सव” माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीको मार्गदर्शनमा शुरु गरिएको राष्ट्रव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य स्वस्थ र ऊर्जावान भारत निर्माण गर्नु हो। यस कार्यक्रमले शारीरिक तन्दुरुस्ती तथा नशामुक्त जीवनशैलीका मूल्यहरू प्रवर्द्धन गर्दै युवाहरूलाई हानिकारक पदार्थबाट टाढा रहन प्रेरित गर्दछ। म पूर्ण विश्वासका साथ भन्न सक्छु कि “सांसद खेल महोत्सव” स्थानीय प्रतिभाहरूलाई पहिचान गर्ने, प्रोत्साहन दिने र उनीहरूको क्षमता प्रदर्शन गर्ने एक महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुनेछ। यस स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले क्षेत्रीय, राज्यस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गर्नेछन्।

हकी प्रतियोगिता आयोजना गर्नुभएकोमा तथा “सांसद खेल महोत्सव” को हिस्सा बनेर युवाहरूमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न योगदान पुर्याउनुभएकोमा ओलम्पियन भारत छेत्री जी र उहाँको एकेडेमीप्रति सांसदले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
अन्त्यमा, “दार्जिलिङ सांसद खेल महोत्सव २०२५” लाई भव्य सफल बनाउन योगदान पुर्याउनुहुने सम्पूर्ण सहभागी खेलाडीहरू, उनीहरूका प्रशिक्षकहरू, अभिभावकहरू तथा स्वयंसेवकहरूप्रति पनि सांसदले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।










