दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत एसएसबी स्थापना दिवसको यस विशेष अवसरमा सशस्त्र सीमा बल (एसएसबी) का वीर पुरुष तथा महिलाहरूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले आफ्नो सामाजिक संजालको अभिलेखमा भारतका सीमाहरूको सुरक्षा, सीमापारका खतरा विरुद्ध लड्न एस एस बी जवानहरूको अटल समर्पणले हामी सबैलाई सुरक्षित राखेको छ भनि बताएका छन्।
कठिन भौगोलिक अवस्थाहरूमा निःस्वार्थ सेवा प्रदान गर्नु, ६ सीमावर्ती समुदायहरूमा शान्ति कायम राख्नु तथा विपद् व्यवस्थापन र आन्तरिक सुरक्षा कार्यमा निर्वाह गर्न महत्वपूर्ण भूमिका निभाएका जवानहरूका प्रति हार्दिक धन्यवाद टक्राएका छन्।










