गुवाहाटी: असममा नयाँ दिल्ली राजधानी एक्सप्रेस दुर्घटनाग्रसत हुँदा आठ हात्तीको मृ’त्यु भएको छ। रेल अनि हात्तीको झुण्ड एक आपसमा ठोकिँदा दुर्घटना भएको बताईएको छ। दुर्घटनामा रेलको पाँचवटा डब्बाले लिक छोडेको छ भने यात्रीहरू सुरक्षित रहेको बताइएको छ। दुर्घटना गुवाहाटीदेखि लगभग १२६ किलोमिटर काँडामा भएको हो। दुर्घटनापछि रेलवे अधिकारीहरू वचाव तथा उद्धारका लागि घटनास्थलमा पुगेको थियो।









