रोहित-यशस्वीले मुम्बईको निम्ति शुरुवाती म्याचहरू नखेल्ने मुख्य चयनकर्ताको घोषणा

IMG-20251220-WA0081

नयाँ दिल्ली: रोहित शर्मा, सूर्यकुमार यादव र यशस्वी जयसवालले मुम्बईको निम्ति विजय हजारे ट्रफीमा शुरुवाती म्याच खेल्नेछैनन्। यसको जानकारी मुम्बई टीमका मुख्य चयनकर्ता सञ्जय पाटिलले दिएका छन्। उनले बताएअनुसार, आउँदो टुर्नामेण्टको शुरुवातमा युवा खेलाड़ीहरूलाई मौका दिइनेछ। टुर्नामेण्टको शुरुवाती म्याचहरूमा युवा खेलाड़ीहरूलाई मौका दिइने कारणले गर्दा नै रोहित, सूर्यकुमार, जयसवाल, अजिंक्य रहाणे र शिवम दुबे जस्ता खेलाड़ीहरू नखेल्ने उनले स्पष्ट गरे। पाटिलले भने, रोहित, जयसवाल, दुबे र रहाणे जस्ता सीनियर खेलाड़ीहरूमा कम्तीमा पहिलो दुईवटा म्याचमा खेल्नेछैनन् कारण सेलेक्शन प्यानल एउटा युवा टीमको साथ अघि बढ़िरहेको छ। भारतका युवा ओपनिंग ब्याटर जयसवाल अहिले अस्पतालमा भर्ना छन्। उनी पेट सम्बन्धी समस्यासँग जुझिरहेका छन्। पाटिलले यशस्वीको स्वास्थ्यबारे अपडेट दिँदै भने, यशस्वीको पेटको समस्याको उपचार चलिरहेको छ अनि उनी चाँड़ै ठीक हुनेछन्। विजय हजारे ट्रफीमा मुम्बईको टीम ग्रुप सी-मा रहेको छ। त्यस ग्रुपमा मुम्बई बाहेक पञ्जाब, उत्तराखण्ड, सिक्किम, छत्तीसगढ़, महाराष्ट्र, गोवा र हिमाचल प्रदेशका टीमहरू पनि सामेल छन्। टुर्नामेण्टको शुरुवात २४ दिसम्बरमा हुनेछ, जसका म्याचहरू अहमदाबाद, राजकोट, जयपुर र बेंगलुरुमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement