काेलकत्ता: तुलिका अंकन विद्यालयको ३७औँ वार्षिक प्रदर्शनी–२०२५ रामकृष्ण मिशन, गोलपार्कमा १७ डिसेम्बरदेखि १९ डिसेम्बरसम्म आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विभिन्न कलाकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कलाकार माइकल बोस, कलाकार मानवेंद्र सरकार, कलाकार प्रबल बराल, कलाकार स्वपन सरकार, संगीत निर्देशक पण्डित मालदार घोष, अभिनेत्री मल्लिका घोष, समाजसेवी पार्थसारथी नाथ, प्रगति नेता शैबल चटर्जी, एसियन जगरका नेता उज्ज्वल घोष, समाजसेवी पियुष चटर्जी तथा पत्रकार तुषार पटवारी सहभागी थिए।









