मुम्बई: हिन्दुजा ग्रुपका दिवंगत अध्यक्ष गोपीचन्द पी हिन्दुजाको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्न मुम्बईमा एक प्रार्थना सभाको आयोजना गरियाे। सभामा भारतीय उद्योग जगतका प्रतिष्ठित व्यक्तित्वहरू, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक समुदायका सदस्यहरू तथा चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा परमार्थ निकेतनका स्वामी चिदानन्द सरस्वतीलगायत अन्य आध्यात्मिक गुरुहरू तथा स्वर्गीय जीपी हिन्दुजाका निकट सहयोगीहरूले उनको बहुआयामी व्यक्तित्व, दूरदर्शी नेतृत्व र समाजप्रतिको योगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रममा चर्चित गायिका अनुराधा पौडवाल, गायक नितिन मुकेश तथा मोहित लालवानीले जीपी हिन्दुजाका प्रिय भजनहरू र उनका घनिष्ठ मित्र स्वर्गीय राज कपूरका चलचित्र गीतहरू प्रस्तुत गर्दै सभालाई भावुक वातावरणमा परिणत गरेका थिए।









