प्रशिक्षक फरेरोसँग साझेदारीलाई समाप्त गरे कार्लोस अल्कराजले

IMG-20251218-WA0051

नयाँ दिल्ली: विश्व ऱ्याङकिंगको शीर्ष स्थानमा रहने पुरुष टेनिस खेलाड़ी कार्लोस अल्कराजले लामो समयदेखि प्रशिक्षक रहने जुआन कार्लोस फरेरोसँग ७ सालको सफल साझेदारीलाई समाप्त गर्ने फसेला गरेका छन्। फरेरोकै मार्गदर्शनमा अल्कराज पुरुष टेनिसको शिखरसम्म पुगेका छन्। स्पेनका खेलाड़ी अल्कराजले सोशल मीडियाको माध्यमले यसको घोषणा गरेका छन्। यसरी नै फरेरोले आफ्नो शिष्यलाई धन्यवद दिँदै उनी यस साझेदारीलाई कायम राख्न चाहन्थे भनेका छन्। फरेरोले अल्कराजलाई १५ सालको उमेरदेखि कोचिंग दिएका हुन्, जसको दममा अल्कराजले जम्मा ६ वटा ग्राण्ड स्ल्याम खिताब जितेका छन्। यसमा २ वटा फ्रेञ्च ओपन, २ वटा विम्बल्डन र २ वटा यूएस ओपनको खिताब सामेल छ। यसबाहेक उनले २४ वटा एटीपी टूर खिताब पनि जितेका छन्, जसमा ८ वटा मास्टर्स १००० ट्रफी सामेल छ। २२ वर्षीय अल्कराजले लेखेका छन्, ७ सालभन्दा अधिक समय साथमा बिताएपछि जुआनकी र मैले प्रशिक्षक र खेलाड़ीको रूपमा आफ्नो यात्रा यहीँ समाप्त गर्ने फसेला गरेका छौं। मेरो वाल्यकालको सपनाहरूलाई यथार्थमा बद्लिनु भएकोमा धन्यवाद। हामीले यस यात्रालाई शुरु गर्दा म साधारण बालक थिएँ। तपाईंले मलाई कोर्ट भित्र अनि बाहिर, हरेक कदममा मलाई साथ दिनु भयो। मैले यस यात्राको भरपूर आनन्द लिए। फरेरोको प्रशिक्षणमै अल्कराज २०२२-मा १९ सालको उमेरमा यूएस ओपनको खिताब जितेर एटीपी ऱ्याङकिंगमा नम्बर १ बन्ने सबैभन्दा युवा खेलाड़ी बनेका थिए। फरेरोले भने, आजको दिन मुश्किल रह्यो। यस्ता अवसरहरूमा सही शब्द खोज्नु सजिलो हुँदैन। अलविदा भन्नु कहिले सजिलो हुँदैन, विशेषगरी तब जब यति अनुभव साझा गरेका हुन्छौं। हामीले कठर मेहनत गऱ्यौं, साथमा अघि बढ़्यौं अनि अविस्मरणीय क्षणहरूको आनन्द लियौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement