श्रीलंकाई टीममा फील्डिंग प्रशिक्षकको जिम्मेवारी पाए आर श्रीधरले

IMG-20251218-WA0052

कोलम्बो: श्रीलंकाले आउँदो साल हुने टी२० वर्ल्ड कपको तयारीहरू शुरु गरिसकेको छ। श्रीलंका क्रिकेटले यसअन्तर्गत नै भारतका पपूर्व फील्डिंग प्रशिक्षक आर श्रीधरलाई ठूलो जिम्मेवारी दिएको छ। श्रीलंकालले श्रीधरलाई आउँदो साल फरवरी–मार्चमा हुने टी२० वर्ल्ड कपको अन्तसम्म आफ्नो राष्ट्रिय टीमको फील्डिंग प्रशिक्षक नियुक्त गरेको छ। श्रीधर २०१४–देखि २०२१–सम्म भारतीय टीमका फील्डिंग प्रशिक्षक रहेका थिए। उनले यस सालको शुरुवातमा श्रीलंकाको राष्ट्रिय हाई परफर्मेन्स सेण्टरमा १० दिनको विशेष फील्डिंग शिविर पनि आयोजित गरेका थिए। श्रीलंका क्रिकेटले भनेको छ, श्रीलंका क्रिकेट आईसीसी पुरुष टी२० वर्ल्ड कपको समापनसम्म श्रीलंका राष्ट्रिय टीमका फील्डिंग प्रशिक्षकको रूपमा आर श्रीधरको नियुक्तिको घोषणा गर्दछ। बीसीसीआई–को लेवल ३–को प्रशिक्षक श्रीधर २०१४–देखि २०२१–सम्म भारतीय राष्ट्रिय पुरुष टीमका फील्डिंग प्रशिक्षक रहेका थिए अनि उनले ३०० भन्दा अधिक इण्टरनेशनल म्याचमा आफ्नो सेवा दिएका छन्। उनले अब श्रीलंकाको राष्ट्रिय टीमको फील्डिंगमा सुधार ल्याउनमा ध्यान केन्द्रित गर्नेछन्। उनले पाकिस्तान र ईंग्ल्याण्डको आउँदो यात्राको अवधि खेलाड़ीहरूसँग काम गर्नेछन्। त्यसपछि टी२० वर्ल्ड कपको तयारीहरू शुरु गर्नेछन्। श्रीधरको नियुक्ति ११ दिसम्बरदेखि १० मार्च २०२६–सम्म प्रभावी रहनेछ। यस अवधि श्रीलंकाले पाकिस्तान र ईंग्ल्याण्डविरुद्ध सीरीज र त्यसपछि टी२० वर्ल्ड कप खेल्नेछ। भारत र श्रीलंका टी२० वर्ल्ड कपको संयुक्त आयोजक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement