सरफराज खान र पृथ्वी साव आधार मूल्यमा बिके

IMG-20251217-WA0070

नयाँ दिल्ली: प्रतिभाशाली दुई भारतीय क्रिकेटर सरफराज खान र पृथ्वी सावले अन्तमा गएर आईपीएलको अनुबन्ध हासिल गरे। गत २ सीजनमा अनसोल्ड रहने सरफराजलाई उनको ७५ लाख रुपियाँको आधार मूल्यमा चेन्नई सुपर किंग्स (सीएसके)-ले हासिल गऱ्यो। मंगलवार अबु धाबीमा भएको लिलामीको शुरुवाती राउण्डमा उनी अनसोल्ड रहेका थिए तर एक्सेलरेटेड राउण्डमा सीएसके-ले उनको निम्ति बोली लगायो। सरफराज गत केही समयदेखि असाधारण फर्ममा छन्। सैयद मुश्ताक अली ट्रफीमा पनि मुम्बईको निम्ति खेल्दै उनले ७ वटा ईनिंग्समा २०३.०८-को स्ट्राईक रेटले ३२९ रन बनाएका थिए। यस अवधि उनले एउटा शतक र ३ वटा अर्द्धशतक पनि बनाएका थिए। सरफराजले अन्तिमपल्ट २०२२-मा दिल्ली क्यापिटल्सको निम्ति खेलेका थिए। यसरी पृथ्वी साव आफ्नो पुरानो टीम दिल्ली क्यापिटल्समा फर्किए। ७ सीजनसम्म दिल्ली क्यापिटल्सको निम्ति खेलेर रिलीज भएपछि पृथ्वीलाई गत लिलामीमा कसैले किनेको थिएन। यसपाली पृथ्वीलाई उनको आधार मूल्य ७५ लाख रुपियाँमा दिल्ली क्यापिटल्सले हासिल गऱ्यो। मिनी लिलामीको शुरुवाती राउण्डमा सरफराज झैं पृथ्वी पनि अनसोल्ड रहेका थिए तर एक्सेलरेटेड राउण्डमा उनलाई दिल्ली क्यापिटल्सले हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement