आईपीएल २०२६ पछि धोनीले सन्न्यास लिने उथप्पाको दावी

IMG-20251217-WA0063

चेन्नई: महेन्द्र सिंह धोनीको भविष्यलाई लिएर जारी अड़कलबाजीहरूबीच पूर्व भारतीय क्रिकेटर तथा चेन्नई सुपर किंग्स (सीएसके)-बाट खेलिसकेका रबिन उथप्पाले ठूलो बयान दिएका छन्। उथप्पाको भनाइअनुसार, आईपीएल २०२६ धोनीको अन्तिम सत्र हुनेछ अनि त्यसपछि उनले निश्चित रूपमा सन्न्यास लिनेछन्। धोनी (४४ वर्षीय)-ले खेल जारी राख्ने अब कुनै सम्भावना नरहेको उथप्पाले दावी गरेका छन्। सीएसके-को रणनीतिले फ्रेञ्चाइजीले भविष्यको तयारी शुरु गरेको संकेत दिएको उथप्पाले दावी गरेका छन्। अनुभवी खेलाड़ीहरूमाथि निर्भर रहनुको सट्टा टीमले युवा अनक्याप्ड खेलाड़ीहरूमा ठूलो निवेश गरेको छ। आईपीएल २०२६-को मिनी लिलामीमा सीएसके-ले २ जना अनक्याप्ड खेलाड़ीमाथि जम्मा २८.४० करोड़ रुपियाँ खर्च गरेको छ। टीमले १९ वर्षीय स्पिन अलराउण्डर प्रशान्त वीर र २० वर्षीय विकेटकीपर-ब्याटर कार्तिक शर्मामाथि १४.२० करोड़ गरेर खर्च गरेको छ। रबिनले भने, मेरो विचारमा अहिले सबै कुरा स्पष्ट भएको छ। यो एमएस धोनीको अन्तिम सीजन हुनेछ। अब कुनै प्रकारको अनुमान लगाउने आवश्यकता छैन। आउँदो सीजन खेलेर उनले सन्न्यास लिनेछन्। सीएसके-ले गत केही सीजनदेखि युवा खेलाड़ीहरूमाथि निवेश गरिरहेको छ। यसले फ्रेञ्चाइजीको रणनीति स्पष्ट हुन्छ। उनीहरू भविष्यलाई ध्यानमा राखेर अघि बढ़िरहेका छन्। उथप्पाको भनाइअनुसार, मैदानबाट बिदा लिए पनि धोनी सीएसके-मै कायम रहनेछन्। उनले भने, मैदानमा नखेले पनि धोनीले निश्चित रूपमा टीमलाई मेण्टर गर्नेछन्। यस सीजनमा पनि उनलाई मेण्टर र खेलाड़ीको दोहोरो भूमिकामा देखिनेछ। सीएसके-मा सञ्जु सेमसनको उपस्थिति र रुतुराज गायकवाड़को कप्तानीलाई पनि उथप्पाले भविष्यको तयारी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement