जुबिन गर्ग हत्या प्रकरणः आगामी सुनुवाइ २२ डिसेम्बरमा, सातै आरोपी उपस्थित हुने कि नहुने चासो

Screenshot_20251216_224348_Google

गुवाहाटी: जुबिन गर्ग हत्या प्रकरणको आगामी सुनुवाइ २२ डिसेम्बर का लागि तोकिएको छ। उक्त सुनुवाइमा मुद्दाका सातै जना आरोपी सशरीर अदालतमा उपस्थित हुने वा नहुने विषयमा चासो बढेको छ।
अदालतले श्यामकानु र सिद्धार्थसहित सबै सातै जना आरोपीका लागि वकिल नियुक्त गरिसकेको छ। जुबिन गर्ग हत्या प्रकरणमा बचाउ पक्षबाट वकालत गर्न अधिवक्ता ध्रुवज्योति दास लाई अदालतले नियुक्त गरेको हो।
मंगलबार सम्पन्न सुनुवाइमा मुद्दासँग सम्बन्धित विभिन्न प्रक्रियात्मक पक्षहरूमाथि छलफल गरिएको थियो। साथै अदालतले आगामी सुनुवाइको मिति पनि तय गरेको छ।
सरकारी अधिवक्ता प्रदीप कुमार कौर ले आजको सुनुवाइ तथा आगामी सुनुवाइसम्बन्धी विस्तृत जानकारी दिँदै अदालतलाई मुद्दाको वर्तमान अवस्था र आगामी कानुनी प्रक्रियाबारे अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement