असम: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाद्वारा ‘मुख्यमन्त्री महिला उद्यमिता अभियान’को शुभारम्भ

66b83799b1504-himanta-biswa-sharma-110128654-16x9

लामडिंग: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलबार लामडिंग विधानसभा क्षेत्रमा मुख्यमन्त्री महिला उद्यमिता अभियान (एमएमयूए) अन्तर्गत वित्तीय सहायता वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो।
कार्यक्रमअन्तर्गत २७,३१० महिला स्वयं सहायता समूह (एसएचजी) का सदस्यहरूलाई प्रतिव्यक्ति १०,००० रुपैयाँका दरले चेक वितरण गरिएको थियो।
यस अवसरमा मुख्यमन्त्री सरमाले भन्नुभयो, यस पहलले महिलाहरूलाई स्वरोजगारका लागि आवश्यक प्रारम्भिक पूँजी उपलब्ध गराउनेछ, जसबाट उनीहरू आर्थिक रूपमा सशक्त बन्न सक्नेछन्। महिला उद्यमीहरूको सपना साकार पार्नु तथा उनीहरूलाई आत्मनिर्भर बनाउनु राज्य सरकारको प्रमुख प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो।
डा. सरमाले लामडिंग विधानसभा क्षेत्रका केही महिलाहरूले अहिले ‘लखपति बाइदेव’ को रूपमा आफ्नो पहिचान बनाइसकेको बताउँदै यो महिला सशक्तिकरणतर्फको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नारी शक्तिलाई केन्द्रमा राख्दै सरकार आत्मनिर्भर असम निर्माण तर्फ निरन्तर अग्रसर भइरहेको उहाँको भनाइ थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement