एनआईटी सिक्किमको आठौँ दीक्षान्त सम्पन्न, १७० विद्यार्थी दीक्षित

n69322799517659031414898ac85a2b2446342e3fefd0b8a9403faffe839db67dbeb74a450fa8a29eb365d9

गान्तोक: राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) सिक्किमको आठौँ दीक्षान्त समारोह आज बुद्ध पार्कस्थित कन्ग्रिगेशनल हल मा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि सिक्किमका राज्यपाल ओम प्रकाश माथुर रहनुभएको थियो।
राजभवनका अनुसार समारोहमा कुल १७० उपाधि प्रदान गरिएको छ। तीमध्ये १३३ स्नातक, २२ स्नातकोत्तर र ८ पीएचडी उपाधि समावेश छन्। इन्जिनियरिङ, विज्ञान, सूचना प्रविधि, मानविकी तथा सामाजिक विज्ञानका विभिन्न विषयमा विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको हो।
यस अवसरमा विभिन्न विभागका ७ जना मेधावी विद्यार्थीहरूलाई स्वर्ण पदक प्रदान गरिएको थियो। साथै स्किपर लिमिटेडका प्रबन्ध निर्देशक सजन कुमार बन्सल लाई मानध उपाधि प्रदान गरिएको छ।
समारोहलाई सम्बोधन गर्दै राज्यपाल माथुरले उपाधि प्राप्त गर्ने सबै विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षाको उद्देश्य केवल ज्ञान आर्जन मात्र नभई त्यसलाई मानवीय मूल्य, राष्ट्र निर्माण र समाज सेवामा उपयोग गर्नु रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई ‘राष्ट्र प्रथम’ को भावनालाई आत्मसात गर्दै आफ्नो प्राविधिक ज्ञान नवाचार, अनुसन्धान तथा गाउँ, समाज, राज्य र राष्ट्रको सेवामा लगाउन आग्रह गर्नुभयो।
प्रधानमन्त्री नरेन्द्र मोदी को ‘विकसित भारत @२०४७’ संकल्पका मुख्य नायक युवाहरू नै भएको उल्लेख गर्दै राज्यपालले डिजिटल इण्डिया, स्टार्टअप इण्डिया र स्ट्यान्डअप इण्डिया जस्ता योजनाबाट लाभ उठाउन विद्यार्थीहरूलाई आह्वान गर्नुभयो। साथै, उहाँले संकाय सदस्यहरूलाई देशका महान विद्वानहरूको बौद्धिक विरासतलाई अघि बढाउँदै विद्यार्थीहरूलाई ज्ञानसँगै संस्कार प्रदान गर्न आग्रह गर्नुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement