दार्जिलिङ: आज दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विष्टले विजय दिवसको सुअवसरमा, सन् १९७१ मा भारतको ऐतिहासिक विजय सुनिश्चित गर्ने हाम्रो सशस्त्र बलहरूको अतुलनीय साहस, बलिदान र वीरताप्रति हामी गम्भीर श्रद्धाञ्जली अर्पण गर्दछौं भनि शहिदहरु प्रति आफ्नो श्रद्धा सुमन व्यक्त गरेका छन्।
सांसदले अघि भनेका छन् उहाँहरूको बहादुरीले एउटा नयाँ राष्ट्रको जन्म सुनिश्चित गर्यो र भारतको शक्ति, दृढ संकल्प तथा न्यायप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो। हाम्रा वीरहरूलाई सलाम।









