आईपीएल २०२६-को शुरुवात र फाइनलको तारिख घोषणा

IMG-20251216-WA0078

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल)-को १९औं सीजन २६ मार्च २०२६-देखि शुरु हुनेछ अनि फाइनल म्याच ३१ मईमा खेलिनेछ। बीसीसीआई-ले मंगलवार लीगको उद्घाटन र समापन तारिखहरूको घोषणा गऱ्यो। मंगलवार हुने आईपीएल २०२६-को लिलाममी अघि सबै फ्रेञ्चाइजीहरूले आउँदो सीजनको तयारी शुरु गर्न सकोस् भन्ने उद्देश्यको साथ बोर्डले तारिखहरूको घोषणा गऱ्यो। बीसीसीआई-ले आईपीएल २०२६-को सम्पूर्ण कार्यक्रम चाहिँ जारी गरेको छैन। आईपीएलको परम्परा अनुसार, यसपाली पनि गत विजेता रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले उद्घाटन म्याच खेल्नेछ। परम्परा अनुसार आरसीबीको होम ग्राउण्ड एम चिन्नस्वामी स्टेडियम ओपनिंग म्याचको निम्ति प्राथमिक विकल्प हो तर गत वर्षको दुर्घटनापछि स्टेडियमको उपलब्धता अहिलेसम्म सुनिश्चित छैन। राज्य सरकारले स्टेडियमको निम्ति अनुमति दिइसकेको छ तर अन्तिम हरियो झण्डा सुरक्षा र अन्य आवश्यकताहरू पूरा हुनुमाथि निर्भर छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement