एडिलेड: एशेज २०२५-२६-को महत्त्वपूर्ण एशेज टेस्ट अघि अष्ट्रेलियाले आफ्नो अन्तिम एकादशको घोषणा गऱ्यो। चोटले गर्दा लामो समयसम्म बाहिर रहने नियमित कप्तान प्याट कमिन्स टीममा फर्किएका छन् जबकि चयनकर्ताहरूले २ वटा फेरबदल गर्दै उस्मान ख्वाजा र गाबा टेस्टको दोस्रो ईनिंग्सका नायक माइकल नेसरलाई बाहिर राखेका छन्। क्रिकेट अष्ट्रेलियाले उनीहरू हरेक टेस्ट म्याचलाई निम्ति अलग रणनीतिको साथ खेलिरहेको अनि प्रदर्शनको आधारमा फसेला लिइएको स्पष्ट गरेको छ। कमिन्सलाई फेरि एकपल्ट टीमको कप्तानी गरिरहेको देखिनेछ। उनले ब्रेण्डन डगेटको स्थान लिएका छन्, जसले पर्थ टेस्टमा पदार्पण गरेका थिए। यसबाहेक अनुभवी स्पिनर न्याथन लायनलाई पनि टीममा सामेल गरिएको छ। लायनले नेसरको स्थान लिएका छन्, जसले गाबा टेस्ट म्याचमा ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा ५ विकेट लिएका छन्। चयनकर्ताहरूले ज्याक वेदराल्ड र ट्रेविस हेडको ओपनिंग जोड़ीमाथि भरोसा देखाएका छन्। यसले गर्दा ख्वाजा बाहिर भएका छन्।
यसबीच कमिन्सले यो ख्वाजाको टेस्ट करियरको अन्त नभएको पनि स्पष्ट गरेका छन्। म्याच अघि कमिन्सले भने, हामी हरेक हप्ता परिस्थितिहरूको हिसाबले टीम चयन गर्छौं। यसैकारण गत म्याचको टीमलाई नै दोहोऱ्याउनु पर्नेछ भन्ने छैन। उस्मानले लामो समयदेखि शीर्ष क्रममा रन बनाइरहेका छन् अनि उनी अन्तिम एकादशमा स्थान बनाउने लायक नभए टीमको हिस्सा नै हुने थिएनन्। उनको निम्ति दैलो सदा खुल्ला रहनेछ। ख्वाजा मात्र नभएर ब्यू वेबस्टर जस्ता खेलाड़ी पनि लगातार ३ वटा टेस्ट म्याचदेखि बाहिर रहेका छन्। टीम म्यानेजमेण्टको फसेलाले केही खेलाड़ीहरू निराश हुन सक्छन् तर एशेज जित्न मजबूत टीम चाहिनेछ।
एडिलेड टेस्ट म्याचको निम्ति दुवै टीमको अन्तिम एकादश यसप्रकार रहेको छः
अष्ट्रेलिया एकादशः ट्रेविस हेड, जेक वेदराल्ड, मार्नस लाबुशेन, स्टीव स्मिथ, क्यामरन ग्रीन, एलेक्स केरी (विकेटकीपर), जोश ईंग्लिश, प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, न्याथन लायन, स्कट बोलाण्ड।
ईंग्ल्याण्ड एकादशः ज्याक क्रली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रूक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकीपर), विल ज्याक्स, ब्रायडन कार्स, जोफ्रा आर्चर, जोश टंग।










