नेफ्रोकेयर इन्डियाले चौथो वर्ष पनि वाकाथन सफलतापूर्वक सम्पन्न गर्‍यो, मिर्गौला स्वास्थ्यप्रति जनचेतना सन्देश

IMG-20251214-WA0079

कोलकाता: नेफ्रोकेयर इन्डियाले मिर्गौला (किड्नी) स्वस्थ राख्नेबारे जनचेतना फैलाउने उद्देश्यसहित लगातार चौथो वर्ष “वाक फर हेल्थ, वाक फर योर किड्नीज़” शीर्षकमा वाकाथन सफलतापूर्वक आयोजना गरेको छ। नेफ्रोकेयर इन्डियाको चौथो वार्षिकोत्सवको अवसरमा सम्पन्न यस कार्यक्रममा स्वस्थ जीवनशैली अपनाएर मिर्गौला रोगबाट बच्न सकिने सन्देश प्रवाह गरिएको थियो।
वाकाथनमा एक हजारभन्दा बढी सहभागीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मिर्गौला स्वस्थ राख्न, रक्तचिनी नियन्त्रणमा राख्न तथा मुटुलाई तन्दुरुस्त बनाउन दैनिक कम्तीमा ३० मिनेट छिटो हिँड्ने बानीको महत्वमाथि जोड दिइयो। वाकाथनको सुरुआत नेफ्रोकेयरबाट भई समापन सीडी पार्कमा गरिएको थियो, जहाँ सहभागीहरूका लागि चियाको व्यवस्था समेत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्रोकेयर इन्डियाका संस्थापक तथा निर्देशक डा. प्रतीम सेनगुप्ताले सहभागी तथा अतिथिहरूप्रति आभार व्यक्त गरे। उनले वाकाथनले चार वर्ष पूरा गर्नु केवल एउटा उपलब्धि मात्र नभई प्रिभेन्टिभ तथा होलिस्टिक किड्नी केयरप्रति नेफ्रोकेयरको प्रतिबद्धताको प्रतीक भएको बताए। उनले दैनिक छिटो हिँड्ने जस्ता सरल बानीहरूले अधिकांश मिर्गौला रोगहरू रोक्न सकिने र जोखिमलाई ठूलो मात्रामा घटाउन सकिने उल्लेख गरे।
यस अवसरमा अन्तर्राष्ट्रिय टेनिस खेलाडी लिएन्डर पेस, अभिनेत्री प्रियंका सरकार, पर्वतारोही पियाली बसाक, विधाननगरका डीसीपी अनीश सरकार, गोल्डेन ट्युलिप होटलका निर्देशक आशीष मित्तललगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नेफ्रोकेयर इन्डियाले पेशेन्ट–सेन्ट्रिक अप्रोचका साथ काम गर्दै शारीरिक, मानसिक, आध्यात्मिक तथा ऊर्जा आयामलाई ध्यानमा राखी एभिडेन्स–बेस्ड डायग्नोस्टिक्स र क्लिनिकल केयरलाई एकीकृत गर्दै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement