कोलकातामा ‘बियन्ड इन्क्रेडिबल विद एसुस’, २०२५ कम्युनिटी टुरको सफल समापन

Pic 1

कोलकाता: ताइवानको अग्रणी प्रविधि कम्पनी एसुसले आफ्नो २०२५ कम्युनिटी कार्यक्रम ‘बियन्ड इन्क्रेडिबल विद एसुस’ को चौथो तथा अन्तिम सिटी एडिसन कोलकातामा सफलतापूर्वक सम्पन्न गरेको छ। यसअघि बेंगलुरु, पुणे र हैदराबादमा आयोजना भएका कार्यक्रमपछि कोलकाता एडिसनसँगै २०२५ को कम्युनिटी टुरको औपचारिक समापन भएको हो।
कोलकातामा सम्पन्न कार्यक्रममा ८५ भन्दा बढी टेक उत्साही, क्रिएटर्स, विद्यार्थी तथा क्षेत्रीय सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एसुसको प्रविधि, डिजाइन र प्रोडक्ट इनोवेसनबारे प्रत्यक्ष अनुभव र जानकारी लिन पाए।
कार्यक्रममा एसुसका जेनबुक र भिभोबुक सिरिजका साथै आरओजी स्ट्रिक्स र जेफिरसजस्ता गेमिङ ल्यापटपहरू प्रस्तुत गरिएका थिए। साथै, २०२५ मा सार्वजनिक भएका एसुसका प्रमुख गेमिङ र नन–गेमिङ उत्पादनहरूको वार्षिक समीक्षा पनि गरिएको थियो।
एसुस इन्डियाका उपाध्यक्ष (कन्जुमर एन्ड गेमिङ पीसी) अर्नोल्ड सूले ‘बियन्ड इन्क्रेडिबल विद एसुस’ को उद्देश्य प्रविधिलाई सबैका लागि सजिलो र पहुँचयोग्य बनाउनु रहेको बताए। उनले यो पहल टेक्नोलोजीप्रति रुचि राख्ने सबैका लागि भएको उल्लेख गरे।
कार्यक्रमको शुरुवात ब्रान्ड स्टोरीबाट गरिएको थियो, जसमा भारतमा एसुसले सञ्चालन गरिरहेका कम्युनिटी, शिक्षा तथा सीएसआरसम्बन्धी पहलहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा कोलकाताका चर्चित इन्फ्लुएन्सर रबीर दास र बिप्रदेव रॉयको उपस्थितिले थप आकर्षण थपेको थियो।
क्विज प्रतियोगिता, गेमिङ टुर्नामेन्ट, फोटो सेसन र गिभअवे कार्यक्रमले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो।
एसुसका अनुसार, २०२५ मा आयोजना गरिएका यी कम्युनिटी इभेन्टमार्फत २०० भन्दा बढी व्यक्तिसम्म पहुँच बनाइएको छ। कम्पनीले सन् २०२६ मा यो पहललाई अझ धेरै सहरमा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement