विजय दिवसमा ‘बोर्डर २’ को टिजर सार्वजनिक, एउटै फ्रेममा देखिने चार नायक

IMG-20251212-WA0086

मुम्बई: बहुप्रतीक्षित देशभक्ति फिल्म ‘बोर्डर २’ को टिजर यही डिसेम्बर १६, विजय दिवसको अवसरमा सार्वजनिक गरिने भएको छ। सन् १९७१ को भारत–पाक युद्धमा भारतले हासिल गरेको ऐतिहासिक विजयलाई समर्पित टिजरले भारतीय सैनिकको साहस र बलिदानलाई सम्मान गर्नेछ।
टी–सीरिज र जे.पी. फिल्म्सले फिल्मको एक शक्तिशाली दृश्य पोस्टर सार्वजनिक गरेका छन्, जसमा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी एउटै फ्रेममा देखिएका छन्। व्यक्तिगत क्यारेक्टर पोस्टरपछि आएको यो संयुक्त लुकले फिल्मको भव्यता र देशभक्तिपूर्ण भावनालाई अझ प्रभावशाली बनाएको छ।
पोस्टरमा सनी देओल अनुभवी र बलियो पात्रका रूपमा देखिन्छन् भने वरुण धवन कर्तव्यनिष्ठ र निडर सैनिकको भूमिकामा छन्। दिलजीत दोसांझ कठिन परिस्थितिमा पनि अडिग साहसको प्रतीक बनेका छन् भने अहान शेट्टी युवा जोश र निर्भीक ऊर्जाका रूपमा प्रस्तुत भएका छन्।
निर्माताका अनुसार ‘बोर्डर २’ को टिजर डिसेम्बर १६ दिउँसो १:३० बजे सार्वजनिक हुनेछ। विजय दिवसकै दिन टिजर सार्वजनिक गर्नुले फिल्मको देशभक्तिपूर्ण सन्देशलाई अझ विशेष अर्थ दिएको छ।
गुलशन कुमार र टी–सीरिजद्वारा प्रस्तुत तथा जे.पी. दत्ताको जे.पी. फिल्म्ससँगको सहकार्यमा निर्माण भएको यस फिल्मको निर्देशन अनुराग सिंहले गरेका हुन्। निर्माता भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता हुन्।
भारतीय सैनिकको वीरता, साहस र बलिदानको कथा बोकेको ‘बोर्डर २’ आगामी २३ जनवरी २०२६ मा सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement