नयाँ दिल्ली: तीनपल्टकी ओलम्पियन महिला पहलवान विनेश फोगाटले कुश्तीबाट सन्न्यास लिने आफ्नो फसेला फिर्ता लिएकी छन्। फोगाटले भावुक सोशल मीडिया पोस्टको माध्यमले सन्न्यासको फसेला फिर्ता लिएको घोषणा गर्दै अब उनको लक्ष्य लस एञ्जिल्स २०२८ ओलम्पिकमा प्रतिस्पर्धा गर्ने रहेको बताएकी छन्। ३१ वर्षीय फोगाटले पेरिस ओलम्पिक २०२४-को तुरन्त पछि सन्न्यास लिएकी थिइन्। पेरिस ओलम्पिकमा उनलाई स्वर्ण पदकको लड़ाइँ अघि अधिक ओजनले गर्दा डिस्क्वालीफाई गरिएको थियो। विनेशले सोशल मीडिया पोस्टमा भनेकी छन्, के पेरिस मेरो करियरको अन्त हो भन्ने मानिसहरूले मसँग प्रश्न गरिरहन्छन्। लामो समयसम्म मसँग त्यस प्रश्नको जवाफ थिएन। मलाई म्याटदेखि, दबाउदेखि, प्रत्याशाहरूदेखि अनि यहाँसम्म कि आफ्नो महत्त्वकांक्षाहरूदेखि पनि टाढ़ा जाने आवश्यकता थियो। यतिका सालहरूमा मैले पहिलोपल्ट आफूलाई शान्तिले सास फेर्ने दिए। मैले आफ्नो यात्राको महत्त्वलाई सम्झिन समय लिएँ अनि आत्मचिन्तनले मलाई सत्य थाहा लाग्यो अनि त्यो हो, मलाई यस खेलसँग माया छ। म अहिले पनि प्रतिस्पर्धा गर्न चाहन्छु।










