वेष्ट इण्डिजविरुद्ध न्यूजील्याण्डको जीतले भारतलाई ठूलो नोक्सान

IMG-20251213-WA0050

नयाँ दिल्ली: न्यूजील्याण्डको वेष्ट इण्डिजविरुद्ध टेस्ट म्याचमा ९ विकेटले जीतपछि भारतलाई वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) पोइण्ट्स टेबलमा नोक्सान भएको छ। भारतीय टीम पाँचौं स्थानबाट छैटौं स्थानमा पुगेको छ अनि शीर्ष २-को रेसमा क्रमशः पछाड़िँदै गइरहेको छ। भारतीय टीम डब्ल्यूटीसीको शुरुवाती २ वटा चक्रमा उपविजेता रहेको थियो जबकि टीमले गत सीजनको फाइनलमा क्वालीफाई गर्न सकेको थिएन। गौतम गम्भीरको प्रशिक्षणमा रहने भारतीय टीमले डब्ल्यूटीसी २०२५-२७ चक्रमा पनि कुनै खास प्रदर्शन गर्न सकेको छैन। यसैकारण टीम पोइण्ट्स टेबलको शीर्ष ५-बाट बाहिर भएको छ। न्यूजील्याण्डले वेष्ट इण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचमा ९ विकेटले जीत हासिल गऱ्यो। यस जीतको साथ ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गरी न्यूजील्याण्ड डब्ल्यूटीसी तालिकामा संयुक्त रूपले तेस्रो स्थानमा पुग्यो। न्यूजील्याण्ड र वेष्ट इण्डिजबीच तेस्रो टेस्ट म्याच १८ दिसम्बरदेखि शुरु हुनेछ।
भारतले दक्षिण अफ्रिकाविरुद्ध २ वटा टेस्ट म्याचको घरेलु सीरीजमा २-०-ले हारको सामना गर्नु परेको थियो। त्यस हारले गर्दा भारत डब्ल्यूटीसी पोइण्ट्स टेबलमा पाकिस्तानभन्दा पनि तल पाँचौं स्थानमा पुगेको थियो। यसपाली न्यूजील्याण्डको जीतपछि शुभमन गिलको कप्तानीमा रहने टीमलाई फेरि नोक्सान भएको छ। पूर्व च्याम्पियन अष्ट्रेलिया १०० प्रतिशत अंकको साथ शीर्षमा कायम छ। यसरी दक्षिण अफ्रिका ७५ प्रतिशत अंकको साथ दोस्रो स्थानमा रहेको छ। न्यूजील्याण्ड र श्रीलंका संयुक्त रूपले तेस्रो स्थानमा रहेको छ। यी दुवैको पीसीटी ६६.६७ प्रतिशत रहेको छ। पाकिस्तान ५० प्रतिशत अंकको साथ पाँचौं स्थानमा रहेको छ। छैटौं स्थानमा रहने भारतको पीसीटी ४८.१५ प्रतिशत रहेको छ। अब एशेज सीरीजमा ईंग्ल्याण्डले पुनरागमन गर्न सके भारतीय टीम अझ तल झरेर सातौं स्थानमा पुग्नेछ। भारतको अघिल्लो टेस्ट सीरीज अगस्त २०२६-मा श्रीलंकाविरुद्ध रहेको छ।

About Author

Advertisement