नयाँ दिल्ली: बेल्जियमको सर्वोच्च अदालत कोर्ट ऑफ़ कैसेशन-ले भगौडा हिरा व्यापारी मेहुल चोकसीले भारतीय प्रत्यर्पणविरुद्ध दायर गरेको अपील खारेज गरेको छ।
यसले १७ अक्टोबर २०२५ मा एंटवर्प कोर्ट ऑफ अपील्स द्वारा भारतको प्रत्यर्पण अनुरोध लागू हुने (‘एन्फोर्सेबल’) निर्णयलाई कायम राखेको हो।
चोकसीले याचिकामा भारतमा न्याय नहुने, अमानवीय व्यवहार हुने भन्दै दलील दिएका थिए। तर अदालतले “पुष्टि हुने स्तरको प्रमाण” नभएको भन्दै दलील खारेज गर्यो। अब कानूनी बाटो खुलेको संगै भारत प्रत्यर्पणको प्रक्रिया अगाडि बढ्ने छ।
उनी पीएनबी घोटालाका मुख्य आरोपी हुन्, जसमा लगभग रु १३,०००–१३,८५० करोड बराबरको रकम अभिलेख गरिएको छ। चोकसी अप्रिल २०२५ देखि बेल्जियमको जेलमा छन्।
यस निर्णयलाई भारत सरकार र अनुसन्धान एजेन्सीहरुको लागि ठूलो सफलता मानिएको छ।









