मुख्य सचिव मनोज पन्तद्वारा रसिकबिल मिनी चिडियाखाना तथा तूफानगञ्ज–१ क्षेत्रको निरीक्षण, स्थानीयमा आशा

Screenshot_20251209_220609_Google

काेचबिहार: बक्शीरहाटस्थित रसिकबिल मिनी चिड़ियाखानाको निरीक्षण गर्नका लागि मंगलवार बिहान राज्यका मुख्य सचिव मनोज पन्त पुगे। निरीक्षणका क्रममा अतिरिक्त जिल्लाधिकारी तथा महकुमा शासक किंशुक माइती पनि साथमा थिए।
चिड़ियाखानामा पुगेपछि डीएफओ असिताभ च्यटर्जी, एडीएफओ बिजन कुमार नाथसहित वन विभागका अधिकारीहरूले मुख्य सचिवलाई फूलगुच्छा दिएर स्वागत गरेका थिए।
प्राप्त जानकारीअनुसार मुख्य सचिवले चिड़ियाखानाका विभिन्न संरचना र व्यवस्थापनहरूको अवलोकन गरे। विशेषगरी हिरण एनक्लोजर र चितुवा बाड़ालाई नजिकबाट हेर्दा उनी निकै प्रभावित भएको बताइएको छ।
त्यसपछि टोली तूफानगञ्ज–१ ब्लकअन्तर्गत चिलाखाना–२ ग्राम पञ्चायतको घोगारकुठी क्षेत्रमा पुगे। त्यहाँ पथश्री सडक, स्वास्थ्य केन्द्र तथा आँगनवाडी केन्द्रहरूको अवस्थाको समीक्षा गरिएको थियो। रसिकबिल क्षेत्रको यस उच्चस्तरीय भ्रमणले स्थानीय बासिन्दामा विकासका काममा नयाँ आशा जगेरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement