घुँड़ाको चोटले गर्दा वुड एशेज सीरीजबाट बाहिर, फिशरलाई टीममा स्थान

IMG-20251209-WA0090

ब्रिसबेन: ईंग्ल्याण्डका पेस बलर मार्क वुड एशेज सीरीजबाट बाहिर भएका छन् कारण पर्थमा सीरीजको पहिलो म्याचको अवधि उनको घुँड़ामा चोट लागेको थियो। ईसीबी (ईंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड)-ले मंगलवार बताएअनुसार उनी अब रिह्याबिलिटेशन र रिकवरीको निम्ति घर फर्किनेछन्। वुड घुँड़ाको सर्जरीपछि ९ महिनासम्म मैदानबाट बाहिर रहेर पर्थमा पहिलो टेस्ट खेल्न ओर्लिएका थिए तर देब्रे ह्याम्स्ट्रिंगको चोटले गर्दा उनले पहिला ८ ओभर मात्र बलिंग गरे। त्यसपछि स्क्यान रिपोर्टमा अधिक नोक्सान भएको थाहा लागेपछि उनले फेरि बलिंग गरेका थिए। उनले ११ ओभर बलिंग गरेर ४४ रन खर्च गरेका थिए। वुडले कुनै विकेट हासिल गर्न सकेनन्। पहिलो टेस्टपछि घुँड़ामा यन्त्रणाले गर्दा ३६ वर्षीय वुडलाई एकजना विशेषज्ञ समक्ष पठाइएको थियो। यसरी उनले ब्रिसबेनमा दोस्रो टेस्ट खेल्न सकेका थिएनन्। अहिले घुँड़ाको समस्याबाट मुक्ति पाउन नसक्दा ईसीबीले उनलाई घर फर्काउने फसेला गरेको छ। ईंग्ल्याण्डले वुडको स्थानमा अन्य एक पेस बलर म्याथ्यू फिशरलाई टीममा सामेल गरेको छ। फिशरले अहिलेसम्म ईंग्ल्याण्डको निम्ति केवल एउटा टेस्ट म्याच खेलेका छन्। अष्ट्रेलियाविरुद्ध जारी ५ वटा टेस्ट म्याचको सीरीजमा अहिले ईंग्ल्याण्ड २-०-ले पछि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement