मन्दिर अगाडिबाट नवजात शिशु उद्धार

IMG-20251208-WA0088

सिलगढी: सिलगढी उपखण्डको छोटा पोथु क्षेत्रमा रहेको मन्दिर अगाडिबाट एक नवजात शिशु उद्धार गरिएको छ।
आज बिहान मन्दिर सफा गर्ने क्रममा स्थानीयहरूले बच्चा रोएको सुनेको बताइएको छ। जब उनीहरू भित्र गए, उनीहरूले देखे कसैले नवजात शिशुलाई त्यहीं छोडेर गइसकेको थियो।
स्थानीयहरूले तुरुन्तै पुलिसलाई खबर गरे, र पुलिस घटनास्थलमा पुगे।
स्थानीयहरूको सहयोगमा, शिशुलाई उद्धार गरी परीक्षणको लागि अस्पताल पठाइयाे। यद्यपि, शिशुको पहिचान र उसलाई कसले छोडेको भन्ने कुरा अझै थाहा हुन सकेको छैन। पुलिस ले यस विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement