नयाँ दिल्ली: दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर ग्यारी कर्स्टनलाई नामीबियाको पुरुष क्रिकेट टीमको सल्लाहकार नियुक्त गरिएको छ। भारतले २०११-मा कर्स्टनकै प्रशिक्षणमा वनडे वर्ल्ड कप जितेको थियो। आउँदो साल हुने टी२० वर्ल्ड कपको तयारीहरूका निम्ति कर्स्टनले नामीबिया टीममा मुख्य प्रशिक्षक क्रेग विलियम्ससँग मिलेर काम गर्नेछन्। यस वैश्विक टुर्नामेण्टको आयोजन आउँदो साल फरवरी-मार्चमा भारत र श्रीलंकामा हुनेछ। कर्स्टनले एउटा बयानमा भनेका छन्, क्रिकेट नामीबियासँग काम गर्नु वास्तवमा सौभाग्यको कुरा हो। क्रिकेट नामीबिया उनीहरूको राष्ट्रिय टीमले विश्वमा सर्वश्रेष्ठ टीमहरूसँग प्रतिस्पर्धा गरोस् भन्ने सुनिश्चित गर्न चाहन्छ। देशमा नयाँ अत्याधुनिक क्रिकेट स्टेडियम यस कुराको प्रमाण हो। नामीबियाको सीनियर पुरुष टीमले असल प्रदर्शन गरिरहेको छ अनि म आउँदो साल हुने टी२० वर्ल्ड कपमा उनीहरूका तयारीमा योगदान दिन उत्सुक छु। दक्षिण अफ्रिकाका पूर्व ओपनिंग ब्याटर कर्स्टनले २००४-मा खेलबाट सन्न्यास लिएपछि कोचिंगको शुरुवात गरेका थिए अनि २००७-मा उनलाई भारतको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। उनको कार्यकालमै भारतले २०११ वर्ल्ड कप जितेको थियो। उनले पछिबाट दक्षिण अफ्रिकी टीममा पनि मुख्य प्रशिक्षकको रूपमा काम गरे। यसको साथमा उनले विश्वभरि धेरै टी२० फ्रेञ्चाइजीमा पनि प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन्। गत वर्ष उनी अल्प समयको निम्ति पाकिस्तान पुरुष टीमको पनि प्रशिक्षक रहेका थिए।










