सिटोङको माना नजिक भीषण गाडी दुर्घटना

IMG-20251208-WA0074

तीनजनाको घटनास्थलमै मृत्यु, चालक गम्भीर घाइते

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको माना नजिकै भीषण गाडी दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। गाडीमा सवार चारजनामा तीनजनाको दुर्घटनास्थलमै मृत्यु भएको छ। यस दुर्घटनामा‌ परी मृत्यु हुनेहरू सबै सिटोङ एक सेब्जे–माना क्षेत्रका स्थानीय बासिन्दा रहेको जानकारी गराइएको छ। मृतकहरूमा सिटोङको पञ्चायत सदस्य साथै स्थानीय युवाहरु दुईजन‌ा गरेर जम्मा तीनजनाको रहेको बताइएको छ‌। प्राप्त जानकारी अनुसार गाडीमा सवार चारजनामध्ये चालक जीवित फेला परेका छन्। उनी गम्भीर घाइते अवस्थामा भेटिएका र तत्काल उद्धार गरी अस्पतालतर्फ पठाइएको पुलिसले जानकारी दिएका छन्।

उक्त दुर्घटना खरसाङबाट सिटोङ फर्कने क्रममा भएको जानकारी प्राप्त भएको छ। उक्त दुर्घटनाग्रस्त गाडी स्कर्पियो जीप रहेको र अनियन्त्रित भई तल खसेको जानकारी प्राप्त भएको छ। पुलिस घटनास्थलमा पुगेर ज्यान गुमाउने तीनैजनालाई बाहिर निकालेको र घटनाबारे प्रारम्भिक छानबीन सुरु गरिएको जनाएको छ। यस गाडी दुर्घटनाको घटनाले सिटोङ क्षेत्र शोकमग्न बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement