सप्ताहव्यापी साहित्यिक कार्यक्रमका लागि सिक्किम टोली नेपालतिर

n692138223176512948376227d68621b90db295df601be1210e988e865c096dcfd2263c909361d205861064

गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमले सप्ताहव्यापी नेपालको साहित्यिक भेटघाट कार्यक्रमका लागि आइतबार गान्तोकबाट यात्रा आरम्भ गरेको छ। उक्त टोलीको नेतृत्व परिषद्का महासचिव नीलम न्यौपानेले गरेका छन्।
आइतबार सो टोली इटहरीमा एक रात विश्राम गर्नेछ, जहाँ स्वर्गीय धरणीघर दाहाल स्मृति पुस्तकालयमा अन्य साहित्यकारहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। स्वर्गीय दाहाल वरिष्ठ साहित्यकार तथा ‘सिक्किमको इतिहास’ पुस्तकका लेखक हुन्। उनी मूलतः सिक्किमका भए पनि स्थायी रूपमा इटहरीमै बसोबास गर्दै आएका थिए।
यस टोलीले स्वर्गीय दाहालका पुत्र ज्ञानेन्द्र दाहालसँग पनि भेटघाट गर्नेछ। यात्राको दोस्रो दिन टोली काठमाडौंतर्फ लाग्नेछ, जहाँ रत्न पुस्तकालय, नेपाल प्रज्ञा–प्रकाशन तथा एसपी आशा पुस्तकालयमा साहित्यिक कार्यक्रमहरू आयोजना हुनेछन्। सोही क्रममा काठमाडौं नगर भ्रमण पनि गरिनेछ।
फर्कँदा चितवन र पोखरामा पनि साहित्यिक भेटघाट कार्यक्रम हुने जानकारी परिषद्को प्रचार सचिव जोसेफ लेप्चाले प्रेस विज्ञप्तिमार्फत दिएका छन्।
यस टोलीमा प्रचार सचिव जोसेफ लेप्चाका साथै महासचिव नीलम न्यौपाने, संयोजक रवि पौडेल, कार्यकारी सदस्य पेम नोर्बू शेर्पा र कुबेर विष्ट, कार्यालय सचिव चन्द्र दुलाल तथा कार्यालय सहायक टीका ढुंगेल सहभागी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement