साधुको भेषमा ठगी प्रयास, युवक रेडह्याण्डेड समातिएर स्थानीयद्वारा कुटपिट

IMG-20250421-WA0266

सिलगढ़ी: उत्तर–एकटियाशाल क्षेत्रमा आइतबार साधुको भेषमा आएका युवाहरूले ठगीको प्रयास गर्दा एक युवकलाई स्थानीयले रेडह्याण्डेड समातेर बिजुलीको खम्बामा बाँधेर कुटपिट गरेका छन्। स्थानीयका अनुसार साधु रूपमै चार जना युवक दिनभरि बस्ती वरिपरि घुमिरहेका थिए।
तीमध्ये एक जना घरभित्र पसेर गृहिणीसँग पानी माग्दै धार्मिक कुरा र भविष्यवाणीको नाममा विश्वास जित्ने प्रयास गरेको बताइएको छ। उनले भगवानको नाम लिएर ‘विशेष आशीर्वाद’ दिने भन्दै गृहिणीबाट १०० रुपैयाँ दान लिएका थिए। त्यसपछि ‘ठूलो फल मिल्ने’ भन्दै गृहिणीको सुनको सिक्री निकालेर भगवानको तस्वीर राखिएको खातामा राखिदिएको थिए।
युवक घटनास्थलबाट निस्कन खोज्दा परिवारले शंका गरी खाता खोलेपछि सुनको सिक्री त्यही भेटिएको थियो। त्यसपछि स्थानीयले युवकलाई समातेर बिजुलीको खम्बामा बाँधेर कुटपिट गरेका थिए। उनका तीन साथी भने भाग्न सफल भएका छन्।
घटनाको खबर पाएपछि आशिघर फाँटीका पुलिसले पुगेर युवकलाई भीडबाट उद्धार गर्दै नियन्त्रणमा लिएको छ।
पुलिसले घटनाबारे थप अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement