प्रेम सम्बन्धमा क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो र पप स्टार केटी पेरी

18_01_282291983katty3

काठमाडौं: क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो र पप स्टार केटी पेरीको सम्बन्धले औपचारिकता पाएको संकेत देखिएको छ।
केटी पेरीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जापान भ्रमणका विभिन्न तस्बिर र भिडियोहरू सेयर गरेकी छन्। पप स्टार केटी पेरी र क्यानाडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार आफ्नो सम्बन्ध सार्वजनिक गरेका हुन्।
पेरीले जापान भ्रमणका तस्बिर र भिडियोहरू पोस्ट गर्दै पहिलोपटक दुवै सोसल मिडियामा सँगै देखिएका हुन्। केटी पेरीले आफ्नो चलिरहेको ‘लाइफटाइम्स टुर’अन्तर्गत जापान यात्राका तस्बिर तथा भिडियोहरू सेयर गरेकी हुन्।
एक तस्बिरमा ५३ वर्षीय ट्रुडोसँग केटी पेरीले सँगै सेल्फी लिइरहेको देखिन्छ। भिडियोमा दुवै सँगै खाना खाइरहेका र एउटा आर्ट प्रदर्शनी अवलोकन गरिरहेको देखिन्छ। पेरीले पोस्टको क्याप्सनमा ‘टोकियो टाइम्स अन टुर एन्ड मोर’ लेखेकी छन्।
टोकियोमा केटी पेरी र ट्रुडोले बुधबार, ३ डिसेम्बरमा जापानका पूर्वप्रधानमन्त्री फुमियो किसिदा र उनकी पत्नी युकोसँग पनि भेट गरेका थिए। किसिदाले एकसमा क्रिसमस ट्रि नजिक खिचिएको एउटा तस्बिर सेयर गर्दै पेरीलाई ट्रुडोकी ‘पार्टनर’ भनेर उल्लेख गरेका छन्।
किसिदाले जापानी भाषामा लेखेका छन्, “क्यानाडाका पूवप्रधानमन्त्री जस्टिन ट्रुडो आफ्नी पार्टनरसँग जापान आउनु भएको थियो र मेरी पत्नी र मलाई लन्चका लागि भेट्नुभयो।”
मोन्ट्रियलमा भेटपछि शुरु भएको थियो डेटिङ
केटी पेरी र ट्रुडोबीचको डेटिङ यसै वर्ष गर्मीयामको सुरुआतमा मोन्ट्रियलमा भेट भएपछि सुरु भएको हो। दुवै हालै आफ्ना पुराना सम्बन्धबाट अलग भएका थिए।
केटी पेरीले जुन महिनामा अभिनेता अर्लान्डो ब्लूमबाट डिभर्स लिएकी थिइन्। ट्रुडोले सन् २०२३ मा पत्नी सोफी ग्रेगोइरबाट १८ वर्षको वैवाहिक सम्बन्धपछि अलग भएको घोषणा गरेका थिए।
यो जोडीसँग नजिक रहेको एक स्रोतले ‘पिपल’ म्यागजिनलाई बताएअनुसार, ट्रुडो मोन्ट्रियलमा भएका भेटघाटपछि ग्राम्मी अवार्डका लागि मनोनयन प्राप्त केटी पेरीलाई निरन्तर फोलो गर्दै आएका थिए। स्रोतका अनुसार, “टुर ब्रेकका क्रममा उनी क्यालिफोर्नियासम्म पेरीलाई भेट्न गएका थिए। दुवैबीच राम्रो समझदारी छ। ट्रुडोलाई पेरी आकर्षक लाग्छिन् र उनी अत्यन्तै सम्मानजनक व्यवहार गर्छन्।”
केटी पेरी र ट्रुडो अक्टोबर २५ मा पेरिसको एक क्याबरे शोमा जोडीका रूपमा सार्वजनिक रूपमा देखिएका थिए, जसले उनीहरूको सम्बन्धबारेका अड्कललाई थप पुष्टि गरिदिएको थियो। त्यस साँझका तस्बिरहरूमा दुवै हात समातेर मुस्कुराउँदै कार्यक्रमस्थलबाट बाहिर निस्किएको देखिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement