नयाँ दिल्ली: भारतीय महिला क्रिकेट टीमकी उपकप्तान स्मृति मन्धनाले आफ्नो निजी जीवनलाई लिएर मीडियामा जारी उड़न्ते खबरहरूमा विराम लगाउँदै संगीतकार पलाश मुच्छालसँग उनकी विवाह रद्द गरिएको पुष्टि गरेकी छन्। यसको साथमा उनले प्रशंसकहरू र मीडियासँग पनि यस संवेदनशील समयमा दुवै परिवारको निजताको सम्मान गर्ने आग्रह गरेकी छन्। गत केही हप्तादेखि सोशल मीडियामा उनकी विवाहलाई लिएर लगातार उड़न्ते खबरहरू आइरहेको थियो। यस मामिलामा स्पष्टता ल्याउँदै मन्धनाले इन्स्टाग्राममा लेखेकी छन्, म स्पष्ट गर्न चाहन्छु कि विवाह रद्द गरियो।। कृपया यस मामिलालाई यहीँ समाप्त गरौं अनि हामीलाई अघि बढ़्ने जग्गा दिनुहोस्। मन्धनाकी पिता श्रीनिवास अचानक अस्वस्थ हुँदा २३ नोभेम्बरमा हुने विवाहलाई स्थगित गरिएको थियो। यसपाली मन्धनाले बताएअनुसार, परिस्थितिहरूलाई ध्यानमा राखेर विवाह रद्द गर्ने फसेला लिइयो। मन्धनाले लेखेकी छन्, म धेरै निजी व्यक्ति हूँ अनि यसरी नै रहन चाहन्छु तर म विवाह रद्द भएको पनि स्पष्ट गर्न चाहन्छु। म यस मामिलालाई यहीँ समाप्त गर्न चाहन्छु। हामी सबैको पछि एउटा ठूलो उद्देश्य हुन्छ अनि मेरो उद्देश्य देशको निम्ति सर्वोच्च स्तरमा प्रतिनिधित्व गर्नु रहेको छ। म भारतको निम्ति यथासम्भव लामो समयसम्म खेलिरहन अनि ट्रफी जितिरहन चाहन्छु। मेरो ध्यान यसैमा रहनेछछ। तपाईंहरू सबैलाई समर्थनको निम्ति धन्यवाद। अब अघि बढ़्ने समय आएको छ। मन्धनाको साथमा पलाशले पनि सोशल मीडियाको माध्यमले विवाद रद्द भएको पुष्टि गरेका छन्।










