लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनले इण्टर मियामी बन्यो एमएलएस कप विजेता

IMG-20251207-WA0079

फोर्ड लडरडेल: आउँदो साल हुने फिफा वर्ल्ड कप अघि लियोनल मेस्सीले फेरि एकपल्ट आफ्नो दम देखाए अनि इण्टर मियामीलाई मेजर लीग सकर (एमएलएस) कप फूटबल टुर्नामेण्टको खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। फाइनल म्याच इण्टर मियामी र भेंकूवर व्हाइटक्याप्सबीच मात्र नभएर जर्मनीका स्टार फूटबलर थोमस मुलर र अर्जेण्टिनाका दिग्गज मेस्सीबीच पनि एउटा अलग लड़ाइँ थियो। मेस्सी इण्टर मियामी अनि मुलर विपक्षी टीमबाट खेलिरहेका थिए। यी दुई दिग्गजबीच प्रतिद्वन्द्वितामा अधिकांश समय नै मुलरले जीत हासिल गरे पनि यसपाली अर्जेण्टिनाई खेलाड़ीले सफलता हासिल गरे। यी दुई खेलाड़ीहरूबीच मैदानमा भिड़न्त हुँदा १० वटा म्याचमा ७ पल्ट मुलरको टीमले जीत हासिल गरेको छ। मुलरको उपस्थितिमा जर्मन टीमले वर्ल्ड कप २ पल्ट मेस्सी र अर्जेण्टिनाई टीमलाई बाहिर गरेको छ तर शनिवार राति भएको एमएलएस कपको फाइनलमा मेस्सीको उत्कृष्ट प्रदर्शनले गर्दा इण्टर मियामीले भेंकूवर व्हाइटक्याप्सलाई ३-१-ले पराजित गऱ्यो। यसरी मेस्सीले आफ्नो करियरको ४७औं ट्रफीको साथ तेस्रो एमएलएस सीजनको समापन गरे। मेस्सीले फाइनलमा गोल नगरे पनि दुईवटा एसिस्ट गरे। रोड्रिगो डी पलले ७१औं मिनटमा अनि तादेओ एलेण्डेले इञ्ज्युरी टाइमको छैटौं मिनटमा मेस्सीकै पासमा गोल गरे। अन्य एउटा गोल आत्मघाती (एडिएर ओकाम्पो, आठौं मिनट) रह्यो। यसरी भेंकूवर व्हाइटक्याप्सको तर्फबाट अली अहमदले ६०औं मिनटमा गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement