ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटी र टोटनह्यामले जिते पनि आर्सनलको हार

IMG-20251207-WA0061

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामाम्यानचेष्टर सिटी र टोटनह्यामले जीत हासिल गरे पनि गत सीजनको च्याम्पियन लिभरपूल ड्र-मा रोकियो। यसरी आर्सनलले पनि हारको सामना गर्नु पऱ्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले एस्टन भिल्लाविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनल पहिलो हाफको खेलमा १-०-ले पछि रहेको थियो। मेटी क्याशले ३६औं मिनटमा एस्टन भिल्लालाई बढ़त दिलाए। त्यसपछि लिएण्ड्रो ट्रोसार्डले ५२औं मिनटमा गोल गरी आर्सनललाई बराबरीमा पुऱ्याए। अन्तमा एमी बुएण्डियाले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरी एस्टन भिल्लालाई रोमाञ्चक जीत दिलाए। यस जीतको साथ एस्टन भिल्ला १५ वटा म्याचमा ३० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको तेस्रो स्थानमा पुग्यो जबकि शीर्ष स्थानमा कायम आर्सनलसँग ३३ पोइण्ट्स रहेको छ। यसरी म्यानचेष्टर सिटीले सण्डरल्याण्डलाई ३-०-ले पराजित गरी लगातार तेस्रो जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट रुबेन डियासले ३१औं, जोस्को ग्वार्डिओलले ३५औं र फिल फोडेनले ६५औं मिनटमा गोल गरे। म्याचमा सण्डरल्याण्डका खेलाड़ी ल्यूक ओनिएनलाई अन्तिम क्षणमा रेड कार्ड देखाइयो। यस जीतको साथ म्यानचेष्टर सिटी ३१ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। यसरी सातौं स्थानमा रहने सण्डरल्याण्डसँग २३ पोइण्ट्स रहेको छ।
लिभरपूललाई चाहिँ लीड्स युनाइटेडले ३-३-को ड्र-मा रोक्यो। यस अवे म्याचमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूललाई लीड्स युनाइटेडले शुरुदेखि अन्तसम्मै सतायो। यसैकारण निश्चित जीतको नजिक पुगेर पनि लिभरपूलले ड्र-मै चित्त बुझाउनु पऱ्यो। लिभरपूलको निम्ति म्याचमा ह्यूगो एकिटिकेले ४८औं र ५०औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल डोमिनिक शोबोस्लाईले ८०औं गरे। यसरी लीड्स युनाइटेडको तर्फबाट डोनिमिक कालवर्ट-लेविनले ७३औं, एण्टोन स्टाचले ७५औं र एओ टानाकाले इञ्ज्यु टाइमको छैटौं मिनटमा गोल गरे। यस ड्र पछि लिभरपूल २३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा आठौं स्थानमा रहन पुग्यो। यसरी १६औं स्थानमा रहने लीड्स युनाइटेडसँग १५ पोइण्ट्स रहेको छ। टोटनह्यामले पनि लामो समयपछि जीतको दर्शन पायो। टोटनह्यामले ब्रेण्टफोर्डलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट रिचार्लिसनले २५औं र जावी सिमोन्सले ४३औं मिनटमा गोल गरे। यस जीतपछि टोटनह्याम २२ पोइण्ट्सको साथ नवौं स्थानमा पुग्यो। यसरी चेल्सी र बोर्नमाउथबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। चेल्सी २५ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। अन्य म्याचहरूमा एभर्टनले नटिंंघम फरेष्टलाई ३-०-ले अनि न्यूक्यासलले बर्नलीलाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement