उत्तर बंगालका परिषदहरूलाई मार्चअगावै खर्च गर्न निर्देशन, स्वच्छ पानी र सरसफाइमा ध्यान

cii-urges-govt-to-set-up-a-finance-institution-tech-fund-to-promote-green-economy

सिलीगढी: उत्तर बंगालका विभिन्न जिल्ला परिषद तथा जीटीएलाई १५औं वित्त आयोगमार्फत स्वच्छ पेयजल र सरसफाइसम्बन्धी परियोजनाका लागि ठूलो रकम आवन्टन गरिएको छ।
सबै परिषदलाई वित्त वर्ष २०२५–२६ को मार्च ३१ भित्र रकम खर्च गर्न निर्देशन दिइएको छ। वित्त वर्ष सकिन चार महिनाभन्दा कम समय बाँकी रहेकाले कामको बोझ बढ्न सक्ने बताइएको छ।
आवन्टित रकम यस्तो छः
अलिपुरद्वार: ३ करोड १८ लाख
काेचबिहार: ५ करोड ९० लाख
दक्षिण दिनाजपुर: ३ करोड २६ लाख
जलपाईगुडी: ४ करोड ४१ लाख
मालदा: ८ करोड १७ लाख
उत्तर दिनाजपुर: ५ करोड ८४ लाख
जीटीए: १ करोड ६८ लाख
सिलीगुडी महकुमा परिषद: १ करोड ४५ लाख
रकम पेयजल उपलब्धता सुधार, पाइपलाइन मर्मत, शौचालय निर्माण तथा स्यानिटेसन परियोजनामा उपयोग गरिने जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement