डा. भीमराव आंबेडकरको ६९औँ पुण्यतिथिमा प्रधानमन्त्री मोदीद्वारा संसद परिसरमा श्रद्धाञ्जलि

sanmarg_2025-12-06_qyb957od_06121-pti12062025000018b

नई दिल्ली: शुक्रबार डा. भीमराव आंबेडकरको ६९औँ पुण्यतिथि—महापरिनिर्वाण दिवस उपलक्ष्यमा देशभर श्रद्धाञ्जलि कार्यक्रम आयोजित गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवन परिसरमा रहेको आंबेडकरको प्रतिमामा पुष्प अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे।
कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सी. पी. राधाकृष्णन, प्रतिनिधिसभाका सभामुख ओम बिड़ला तथा संसदीय कार्यमन्त्री किरण रिजिजू पनि उपस्थित थिए।
पुष्पाञ्जलिपछि प्रधानमन्त्री मोदीले आफ्नो एक्स ह्यान्डलमार्फत् सामाजिक न्याय र समताको आंबेडकरको सोच आज पनि देशका लागि प्रेरणा रहेको उल्लेख गरे।
गत एक दशकमा भारतीय सरकारले नागपुरको दीक्षाभूमि, मुम्बईको चैत्यभूमि, दिल्ली र लन्डनस्थित आवास तथा दिल्लीको महापरिनिर्वाण स्थललगायत आंबेडकरसम्बन्धी पाँच स्थानलाई स्मारकका रूपमा विकास गर्ने विभिन्न पहल अघि बढाएको छ।
प्रधानमन्त्रीले आंबेडकरका समानता, बन्धुत्व र न्यायका आदर्शलाई अघि बढाउँदै दुर्गम तथा वञ्चित समुदायसम्म विकास पु–याउनु सरकारको प्राथमिकता रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement