मादक पदार्थ तस्करीकातर्फ थप कारबाही, पानीटंकीबाट मुख्य आरोपी पक्राउ

arrest-11

पानीटंकी: मादक पदार्थ तस्करीको मुद्दामा तृणमूल कांग्रेसका छात्र नेता सुरजीत साहा पक्राउ परेपछि पुलिसले थप ठूलो कारबाही गर्दै पानीटंकी क्षेत्रबाट ड्रग डिलर धनेश्वर सिंह उर्फ मदनलाई पक्राउ गरेको छ।
दुई दिनअघि पानीटंकी फ्लाइओभर नजिक मादक पदार्थको अदला–बदलीका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले सुरजीत साहालाई रंगेहात समातेको थियो। त्यसपछि पुलिसले १०२ ग्राम मार्फिन जफत गरेको थियो।
उक्त घटनाको अनुसन्धान अघि बढाउँदै खोरीबारी थाना पुलिसले बिहीबार अबेर राति धनेश्वर सिंहलाई नियन्त्रणमा लिएको हो। पुलिस स्रोतका अनुसार सिंह लामो समयदेखि भारत–नेपाल सीमाक्षेत्रमा मादक पदार्थको ठूलो नेटवर्क सञ्चालन गर्दै आएका थिए र फरार सूचीमा रहेका थिए।
उनको छात्र नेता सुरजीत साहासँग पनि सम्बन्ध रहेको बताइएको छ। खोरीबारी पुलिसले विषयमा थप कारबाही अघि बढाइरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement