आजभन्दा ३२ वर्षअघि, १९९२ डिसेम्बर ६ मा भारतको उत्तर प्रदेशस्थित अयोध्यामा एक यस्तो घटना घट्यो जसले स्वतन्त्र भारतको सामाजिक, धार्मिक र राजनीतिक इतिहासमा गहिरो छाप छोड्यो। यही दिन विवादित संरचना ‘बाबरी मस्जिद’ भत्काइयो, जसपछि देशभरि साम्प्रदायिक तनाव र हिंसा फैलियो। ती घटनाहरूमा करिब ४०० जनाले ज्यान गुमाए र व्यापक सम्पत्ति क्षति भयो।
अयोध्यामा भगवान रामको जन्मस्थलमा भव्य राम मन्दिर निर्माण गर्ने सपना त्यतिबेलै जनभावनाको केन्द्रमा थियो। ६ डिसेम्बरको बिहान सामान्य जस्तै देखिएको थियो, तर दिउँसोसम्म भीड नियन्त्रण बाहिर गइदियो र केही घण्टामै बाबरी मस्जिदका तीनै गुम्बज भत्काइए।
यस घटनाले भारतको राजनीति, समाज र साम्प्रदायिक सम्बन्धमाथि दीर्घकालीन प्रभाव पार्यो। अयोध्याबाट सुरु भएको तनाव मुंबई, दिल्ली, अहमदाबाद, कानपुर, भोपाल लगायत कैयौं शहरहरूमा दंगाको रूपमा फैलियो। आज राम मन्दिर निर्माण तीव्र गतिमा अगाडि बढिरहँदा, यो दिनले इतिहासको महत्वपूर्ण अध्याय सम्झाइरहन्छ।









