क्राइस्टचर्च: लड़ाकू क्रिकेटको असाधारण नमूना पेश गर्दै वेष्ट इण्डिजको टीम न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याच ड्र गर्न सफल भयो। जीतको निम्ति ५३१ रनको विशाल लक्ष्यलाई अघि राखेर वेष्ट इण्डिजले आफ्नो दोस्रो ईनिंग्समा ढेड़ दिनभन्दा अधिक समयसम्म ब्याटिंग गरेर ६ विकेटमा ४५७ रन बनायो। त्यसपछि दुवै टीमका कप्तान टेस्ट म्याच ड्र गर्न राजी भए। हेग्ली ओवलमा न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा २३१ रन बनाएको थियो। त्यसपछि वेष्ट इण्डिजले केवल १६७ बनाउँदै न्यूजील्याण्डलाई पहिलो ईनिंग्सको आधारमा ६४ रनको बढ़त हासिल भएको थियो। त्यसपछि न्यूजील्याण्डले ८ विकेटमा ४६६ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा वेष्ट इण्डिजलाई ५३१ रनको लक्ष्य हासिल भएको थियो। विशाल लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजको शुरुवात खराब रह्यो अनि केवल ७२ रनमा ४ विकेटको पतन हुँदा त न्यूजील्याण्डको जीत तय लागिरहेको थियो। निराशाजनक शुरुवातपछि वेष्ट इण्डिजलाई जस्टिन ग्रीव्सको दोहोरो शतक र कप्तान शे होपले शतकले बचायो। यी दुईबाहेक आठौं नम्बरमा ब्याटिंग गर्ने केमार रोचले पनि टीमको निम्ति असाधारण ब्याटिंग गरे। यसरी वेष्ट इण्डिजले १६३.३ ओभर संघर्ष गरेर अन्तमा म्याच बचायो। आफ्नो १२औं टेस्ट म्याच खेलिरहेका ग्रीव्सले ३८८ बल खेलेर १९ वटा चौकाको साथ अविजित २०२ रन बनाए। उनले केमार रोचसँग सातौं विकेटको निम्ति १८० रनको अटूट पार्टनरशीप गरे। यसमा रोचले पनि २३३ बल खेलेर ५८ रन बनाए, जसमा ८ वटा चौका सामेल छ। ग्रीव्सले कप्तान होपसँग पनि पाँचौं विकेटको निम्ति १९६ रनको पार्टनरशीप गरे। होपले २३४ बल खेलेर १५ वटा चौका र २ वटा छक्काको साथ १४० रन बनाए। वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा न्यूजील्याण्डका बलरहरूमा जेकब डफीले ३ विकेट लिए।









