नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरमा बेनिशा हमालको त्रिगुणात्मक उपस्थिति

IMG-20251205-WA0123

काठमाडौं: २५ डिसेम्बर २०२५ रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा तीन मुख्य कलाकार छन्, तर केन्द्रमा बेनिशा हमाल देखिन्छिन्।
पोस्टरमा बेनिशा तीन फरक दृश्यमा देखिन्छिन्। सबैभन्दा ठूलो चित्रमा उनी प्रसन्न मुद्रामा छन्, जसले जीवनप्रति आशा झल्काउँछ। अर्को दृश्यमा उनी रेलिङमा अडेस लागेर तनावग्रस्त देखिन्छिन्, हातमा औंठीले सजावट गरेको पाँचवटा औला प्रष्ट देखिन्छ। तेस्रो दृश्यमा उनी महेश त्रिपाठी सँग संवाद गर्दै देखिन्छिन्।
ग्रिस्मा कटुवाल रोइरहेकी दृश्य पनि पोस्टरमा समावेश छ। निलो प्रकाशले चलचित्रको नाम अनुरूप आशा–निराशाको भाव झल्काउँछ।
चलचित्र बलिराम चौहानको निर्देशनमा बनेको यो साइकोलोजिकल थ्रिलर हो। मुख्य भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement