नई दिल्ली: भारत र क्यानडाबीचको प्रस्तावित व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) पुनः अघि बढाउने सहमति भएपछि दुवै देशका मन्त्रीबीच महत्वपूर्ण वार्ता सम्पन्न भएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र क्यानडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धूले बुधबार वार्ताको रूपरेखा, उद्देश्य र कार्यविधिबारे विस्तृत छलफल गरे।
दुवै देशले २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब डलरसम्म पु¥याउने लक्ष्य राखेका छन्।
गोयलले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै क्यानडासँग व्यापारिक सम्बन्ध अघि बढाउन भएको भेट «उत्पादक» रहेको उल्लेख गरेका छन्। सीईपीए शुरु गर्नुपर्ने संरचना, दृष्टिकोण र तयारीबारे पनि छलफल भएको उनले जानकारी दिए। उनले आगामी वर्ष क्यानडामा उच्च-स्तरीय व्यापार तथा लगानी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने सहमति पनि व्यक्त गरेका छन्।
निज्जर हत्या प्रकरणपछि सम्बन्धमा तिक्तता:
सन् २०२३ मा हरदीप सिंह निज्जरको हत्या प्रकरणमा भारतमाथि आरोप लगाएको विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कडा टिप्पणी गरेपछि दुवै देशबीच सम्बन्ध बिग्रिएको थियो। त्यसपछि सीईपीए वार्ता रोकिएको थियो।
व्यापार तथ्यांक:
अबसम्म सीईपीए सम्बन्धमा छ भन्दा बढी चरणका वार्ता भइसकेका छन्।
२०२४/२५ मा भारतको क्यानडामा निर्यात ९.८% वृद्धि भई ४.२२ अर्ब डलर पुगेको छ भने आयात २.३३% घटेर ४.४४ अर्ब डलरमा झरेको छ।
दुवै देशबीच वस्तु तथा सेवाको कुल व्यापार सन् २०२३ मा १८.३८ अर्ब डलर रहेको छ।









