‘त्रिपुरा-असममा किन एसआईआर भइरहेको छैन?’ ममता

IMG-20251204-WA0089

बहरामपुर: भाजपा शासित त्रिपुरा, असममा किन एसआईआर भइरहेको छैन, तृणमूल सुप्रीमो तथा राज्यकी मुख्यमन्त्री ममता बनर्जीले बहरामपुरमा भएको बैठकबाट यो प्रश्न उठाएकी हुन्। विधानसभा चुनाव हुन केही महिना मात्र बाँकी छ। त्यसअघि ममताले बुधबार मालदाको गजोलामा एक बैठक आयोजना गरेकी थिइन्। त्यहाँबाट उनले केन्द्र सरकार र भाजपामाथि हमला गरिन्। आज पनि बहरामपुरमा भएको बैठकमा उनी झगडालु मुडमा थिइन्।
बैठकको शुरुमा तृणमूल सुप्रीमोले भगवा शिविरलाई लक्षित गर्दै भनिन्, ‘जो साम्प्रदायिक होली खेलिरहेका छन्, उनीहरू होसियार हुनुपर्छ। तृणमूलले सबै धर्मको सम्मान गर्छ।’ अर्कोतर्फ, तृणमूल नेताको मुर्शिदाबाद भ्रमणको दिन भरतपुर पार्टीका विधायक हुमायुन कबीरलाई निलम्बन गरिएको छ। बेलडाङ्गामा बाबरी मस्जिद निर्माणको घोषणा गरेदेखि नै विवाद शुरु भएको छ। यस्तो अवस्थामा ममता बनर्जीले आफ्नो पार्टीको अडान स्पष्ट पारेकी छिन्।
धर्मनिरपेक्षताको सन्देश दिँदै उनले आज भनिन्, ‘संविधानले हामीलाई साम्प्रदायिक सद्भाव कायम राख्न सिकाएको छ। हामी डिसेम्बर ६ मा सद्भाव दिवस मनाउँछौं।’ अर्कोतर्फ, तृणमूल नेताले मालदा र मुर्शिदाबादमा भएको कटान रोक्न केही नगरेकोमा केन्द्रको आलोचना गरेकी छिन्।
ममताले आज चेतावनी पनि दिइन् कि कसैलाई पनि डिटेंशन कैंपमा जानु पर्दैन। केन्द्रलाई उनको प्रश्न छ, ‘बंगालमा विशेष गहन सुधार (एसआईआर) भइरहेको छ। तर भाजपा शासित त्रिपुरा र आसाममा एसआईआर किन भइरहेको छैन?’ उनले भने वास्तवमा, एसआईआर षड्यन्त्रको पछाडि एनआरसि रहेको छ। मुख्यमन्त्रीले आज आफ्नो भाषण भाजपालाई चेतावनी दिँदै समाप्त गरिन्। उनले भनिन्, ‘जो होमसे तक्रायेगा चुर चुर हो जायेगा'(जो पनि मसँग टकराउनेछ, त्यो चुर-चुर हुनेछ)।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement