गान्ताेक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले तेयोङसी श्रीजङ्गा सावन तोङनामको पवित्र अवसरमा सम्पूर्ण सिक्किमवासीहरू, विशेष गरी लिम्बू समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन् कि यो पर्व १८औँ शताब्दीका महान् विद्वान तथा समाज सुधारक महात्मा श्रीजङ्गा जन्मको प्रतीक हो। महात्मा श्रीजङ्गाले लिम्बू परम्परा, संस्कृति, शिक्षा र धर्मको पुनरुत्थानमा महत्वपूर्ण योगदान दिनुभएको छ, जसले लिम्बू समाजलाई नयाँ दिशा दिएको र सांस्कृतिक धरोहर समृद्ध भएको छ।
उहाँले थप भन्नुभयो कि यो पर्व हाम्रो समृद्ध परम्परा र सांस्कृतिक मूल्यहरूको संरक्षण तथा संवर्धनको प्रतीक हो। सिक्किमको विविध संस्कृति र परम्पराहरू हाम्रो जीवनका अभिन्न अंग हुन्, जसले हामीलाई एकता, सद्भाव र प्रगतितर्फ प्रेरित गर्दछ।
राज्यपालले सबैलाई महात्मा श्रीजङ्गाका शिक्षाहरू र आदर्शहरू अनुसरण गर्दै राज्यलाई अझ उचाइसम्म पुर्याउने दृढ़ संकल्प लिन आह्वान गर्नुभएको छ।









