सुके सिमाना क्षेत्रका फुर्बा छिरिङ शेर्पाले पूर्वोत्तर भारतमा क्षेत्रको सम्मान बढाए

IMG-20251203-WA0098

सुकेपाेखरी: नर्थ–ईस्ट एडिसन अन्तर्गत गुवाहाटी, बोडोल्याण्ड र शिलङमा सम्पन्न ९ दिने आईएसडी प्रशिक्षण क्याम्पमा दार्जिलिङ–जिटिए क्षेत्रका सामाजिक–राजनीतिक कार्यकर्ता तथा स्वतन्त्र पत्रकार फुर्बा छिरिङ शेर्पा ले प्रभावशाली सहभागिता जनाएर आफ्नो क्षेत्रको आवाज राष्ट्रिय स्तरमा पुर्‍याएका छन्।
क्याम्पमा नेतृत्व, सामाजिक सेवा, संगठनात्मक क्षमता र राष्ट्रिय एकताको भावना विषयक कार्यशाला, प्रशिक्षण तथा संवाद सत्रहरू आयोजित थिए। सहभागीहरूले पूर्वोत्तर भारतका विविध संस्कृतिलाई नजिकबाट बुझ्दै आपसी सहकार्य र नेतृत्व क्षमतामा अझ परिष्कार ल्याउन सके।
समापन समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा फुर्बा छिरिङ शेर्पाले राष्ट्रिय कार्यक्रममार्फत क्षेत्रीय पहिचान प्रस्तुत गर्न पाएको अवसरलाई गौरवको रूपमा वर्णन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement