ब्याटिंग शैलीमा बद्लाउको साथ छाप छोड़्न सफल विराट कोहली

IMG-20251201-WA0106

राँची: राँचीको मैदानमा आइतवार केही असाधारण भयो। आफ्नो नियन्त्रित ब्याटिंग, रनिंग बिटविन द विकेट्स र धैर्यपूर्ण ईनिंग्स बुन्नको निम्ति चिनिने विराट कोहलीलाई दक्षिण अफ्रिकाविरुद्ध पहिलो वनडे म्याचमा असल भूमिकामा देखियो। उनले आफ्नो ईनिंग्सको शुरुवात नै दुईवटा विशाल छक्काको साथ गरे, जुन उनले म्याचको शुरुवाती ओभरहरूमा कम्ती नै गर्छन्। यस अलग भूमिकाले के विराट कोहलीले आफ्नो खेलमा बद्लाउ गरिरहेका छन् अनि के यो बद्लाउ २०२७ वनडे वर्ल्ड कपको तयारीको हिस्सा हो भन्ने प्रश्नहरू उठेको छ। यशस्वी जयसवाल शुरुमै आउट भएपछि कोहलीले चीरपरिचित तरिकाले ईनिंग्सलाई सम्हाल्ने जिम्मेवारी उठाउने लागेको थियो तर उनले शुरुदेखि नै आक्रामक मिजास देखाए। उनले दक्षिण अफ्रिकी पेस बलरहरूलाई ब्याक फूट र फ्रण्ट फूट दुवैमा चुनौती दिए अनि पीचको व्यवहार देखेर तुरन्त आफ्नो गियर बद्लिए। कोहलीले आफ्नो वनडे करियरमा यस्तो शैलीमा कम्ती नै ब्याटिंग गरेका छन् अनि राँचीमा उनको ब्याटिंगले क्रिकेट जगतलाई चकित बनायो। त्यसो भए के यो कोहलीले राँचीको परिस्थितिहरू अनुसार खेलेको आक्रामक ईनिंग्स थियो या फेरि कोहलीले आफ्नो वनडे ब्याटिंगलाई तेस्रो चरणमा पुऱ्याएका छन्, जहाँ अनुभव र ताकत एकसाथ देखिँदैछ? राँची वनडेमा कोहलीले आफ्नो करियरमा केवल तेस्रोपल्ट ईनिंग्समा ७ वटा छक्का लगाए। यसअघि उनले २०२३-मा श्रीलंकाविरुद्ध (८ वटा छक्का) र २०१३-मा अष्ट्रेलियाविरुद्ध (७ वटा छक्का) यस्तो गरेका थिए। यी सबै ईनिंग्समा एउटा प्याटर्न रहेको छ, जब कोहलीले खुलेर शट्स खेल्छन् तब उनले रन मात्र नबनाएर म्याचको कहानी बद्लिन्छन्। यस ईनिंग्समा उनको शट् सेलेक्शन पनि गजबको रह्यो। एउटै लेन्थको बलमा उनले ३ वटा अलग-अलग शट् खेलेर देखाए। यसैकारण दक्षिण अफ्रिकाले उनको निम्ति सही फील्ड सेट गर्न सकेन। हालै अष्ट्रेलिया यात्रामा रोहित शर्मालाई पनि आफ्नो ब्याटिंगमा बद्लाउ गरेको देखिएको थियो। उनले आफ्नो हिट या मिस आक्रामक शैलीबाट हटेर क्लासिकल वनडे ब्याटरको भूमिका निर्वाह गरेका थिए, जो ईनिंग्सलाई अघि बढ़ाउनमा विश्वास राख्छन् अनि अहिले कोहली त्यसको विपरीत शुरुदेखि नै आक्रामक मिजासमा खेलिरहेका छन्। के यो केवल संयोग हो? शायद होइन। भारतीय टीम अहिले बद्लाउको चरणमा रहेको छ, जहाँ शुभमन गिल, श्रेयस अय्यर र तिलक वर्मा जस्ता भविष्यका खेलाड़ीहरू तयार भइरहेका छन्। यसैकारण प्रतिस्पर्धा बढ़ेको अनि बद्लाउ जरूरी रहेको कुरा कोहलीलाई थाहा छ। यस ईनिंग्समाथि दुई महान खेलाड़ीहरूका टिप्पणीहरू चर्चामा रहेको छ। महान ब्याटर सुनिल गावस्करले कोहलीले सीधा ब्याटको साथ अनि आत्मविश्वासले शट्हरू खेलेको बताएका छन्। गावस्करले भने, कोहलीले सीधा ब्याटको साथ मैदानमा शट्हरू खेले। उनको आत्मविश्वासको कमी थिएन। यसै कुराले कोहलीलाई विशेष खेलाड़ी बनाउँछ। यसरी दक्षिण अफ्रिकाका दिग्गज पेस बलर डेल स्टेनले भने, कोहलीले केही पनि जबरजस्ती गरेनन्। उनको टाइमिंग र कण्ट्रोल अविश्वसनीय थियो। राँचीमा ११ वटा चौका र ७ वटा छक्काको साथ बनाएको १३५ रनले कोहलीले आफ्नो फिटनेस र माइण्डसेट दुवैलाई नयाँ दिशा दिएको दर्शाउँछ। राँचीको ईनिंग्स केवल एउटा शतक नभएर कोहली अहिले खतम भएको स्पष्ट सन्देश थियो। यसको साथै उनले आफ्नो खेल्ने तरिका पनि बद्लिएको स्पष्ट भएको छ। २०२७-को निम्ति विजन स्पष्ट रहेको छ।यसैकारण कोहली अहिले हरेक चुनौतीको सामना गर्न तयार छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement