सुल्तान अजलान शाह कपमा बेल्जियम च्याम्पियन

IMG-20251201-WA0090

कुआलालम्पुर: बेल्जियमले आइतवार रोमाञ्चक फाइनलमा भारतलाई १-०-ले पराजित गरी सुल्तान अजलान शाह कप हकी टुर्नामेण्टको खिताब जित्यो। म्याचको ३४औं मिनटमा थिब्यू स्टकब्रोक्सको गोलले गर्दा भारतले रजत पदकमै सन्तोष मान्नु पऱ्यो। टुर्नामेण्टमा यो बेल्जियमको पहिलो खिताब हो। टीम केवल दोस्रोपल्ट टुर्नामेण्टमा खेलिरहेको थियो। शनिवार कनाडाविरुद्ध १४-३-ले ठूलो जीत हासिल गरी फाइनल खेल्न ओर्लिने भारतले म्याचमा हासिल भएको ३ वटा पेनल्टी कर्नरमा एउटाको पनि फाइदा उठाउन सकेन। जुगराज सिंह, अमित रोहिदास र सञ्जयले टुर्नामेण्टको अवधि पेनल्टी कर्नरमा असल प्रदर्शन गरे पनि फाइनलमा बेल्जियमको रक्षापंक्तिलाई तोड़्न असफल भए। भारतले टुर्नामेण्टको शुरुवातमा पनि बेल्जियमविरुद्ध ३-२-ले हारको सामना गर्नु परेको थियो। मनप्रीत सिंह र हार्दिक सिंह जस्ता अनुभवी खेलाड़ीहरूका अनुपस्थितिमा युवा खेलाड़ीहरूले जिम्मेवारीको साथ खेल्दै हारको अन्तरलाई कम्ती राखेर असल प्रदर्शन गरे। म्याचको पहिलो २ क्वार्टरमा दुई टीमबीच असल लड़ाइँ भए पनि तेस्रो क्वार्टरमा हासिल गरेको गोलले बेल्जियमलाई च्याम्पियन बनायो। अन्तिम क्वार्टरमा भारतले लगातार प्रयास गरे पनि सफलता हासिल गर्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement