असम: ‘राज भवन’ को नाम अब ‘लोक भवन’

assam_raj_bhavan_campus_declared_containment_zone_after_detection_of_covid_19_positive_cases_1593917806

गुवाहाटी: केन्द्रको गृह मन्त्रालयद्वारा जारी हालैको परिपत्र तथा २०२४ को राज्यपाल सम्मेलनमा प्रस्तुत सिफारिसको आधारमा देशभर राज्यपालको आवास तथा कार्यालयहरूको नाम परिवर्तन प्रक्रिया अगाडि बढिरहेको छ।
यसै क्रममा असम सरकारले ‘राज भवन’ को नाम परिवर्तन गरी ‘लोक भवन’ राख्ने निर्णय गरेको छ।
गृह मन्त्रालयको मेमो नम्बर ७/१०/२०२५ (भाग)-एम&जी, मिति २५ नोभेम्बर २०२५ अनुसार अब राज्यपालको कार्यालयलाई ‘लोक भवन’ र उप–राज्यपालको कार्यालयलाई ‘लोक निवास’ का नामबाट चिनिने व्यवस्था गरिएको छ।
असम सरकारले जारी गरेको सूचनामा भनिएको छ कि अबदेखि ‘राजभवन असम’ को सट्टा ‘लोकभवन असम’ नै आधिकारिक नाम हुनेछ।
सरकारका अनुसार यो परिवर्तनले संस्थाको जन–उन्मुख तथा लोकतान्त्रिक भूमिकालाई अझ स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement