बंगालका राज्यपालको ठूलो निर्णय: राजभवनको नाम अब लोक भवन

Kolkata-Raj-bhavan-(2)-1764404298697

कोलकाताः पश्चिम बंगालका राज्यपाल डा. सीभी आनन्द बोसले राजधानी कोलकातास्थित ‘राजभवन’ को नाम परिवर्तन गरी ‘लोक भवन’ राख्ने घोषणा गरेका छन्। राज्यपालको यस निर्णयले व्यापक चर्चा पाएको छ।
हालै उनले बंगलादेश सीमाको दौरा गरेका थिए र आम नागरिकझैँ रेल यात्रासमेत गरेका थिए। त्यही क्रममा भेटिएकी एक शिक्षिकाको अनुरोधमा उनले विद्यालयका अभ्यर्थीहरूसँग पनि अन्तर्क्रिया गरेका थिए।
राज्यपाल बोसले अब आफ्नो कार्यालय र आवासको नाम जन–केन्द्रित पहिचान दिने उद्देश्यले ‘लोक भवन’ नाम लागू भएको बताएका छन्।





About Author

Advertisement